नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ‘मेरो वर्ष २०७६’ सुरु
नुवाकोट असार २९, ‘समृद्ध दुप्चेश्वर निर्माणमा म, मेरो र दुप्चेश्वरवासीको स्वास्थ्यप्रति जिम्मेवार रहन्छु’ भन्ने नारासहित दुप्चेश्वर गाउँपालिकामा ‘मेरो वर्ष २०७६’ सुरु भएको छ।
मानिसको जीवनशैलीका कारण नसर्ने रोगको उच्च प्रकोप रहेकाले त्यसलाई नियन्त्रण गर्न मेरो वर्ष सुरु गरिएको हो। समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचार खर्चको भार वृद्धिका साथै अकालमा मृत्यु र अपांगताको समेत वृद्धि भएकाले गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले यो अभियान सुरु गरेको हो।स्वस्थ रहन पाउनु प्रत्येक नागरिकको अधिकार भएकाले नागरिकलाई स्वस्थ राख्नु सरकारको पनि दायित्व रहेको भन्दै गाउँपालिका आफ्नो दायित्व पूरा गर्न दृढ रहेको अध्यक्ष योविन्द्रसिंह तामाङले बताए। ‘जबसम्म हामी स्वस्थ रहँदैनौं, तबसम्म हामीले कुनै पनि काम गर्न सक्दैनौं। समृद्ध गाउँपालिका बनाउन हामी प्रयासरत छौं। त्यसलाई पूरा गर्न मेरो वर्ष अभियानले सघाउनेछ भन्ने अपेक्षा छ,’ तामाङले भने, ‘सर्ने रोगभन्दा नसर्ने रोगले भयावह अवस्था सिर्जना गरिरहेको छ। आमा समूह, स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सबैले मेरो वर्षलाई अपनत्व लिएर अघि बढ्नुपर्छ।’
समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचार खर्चको भार वृद्धिका साथै अकालमा मृत्यु र अपांगताको समेत वृद्धि भएकाले गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले यो अभियान सुरु गरेको हो।
मेरो वर्ष २०७६ को औपचारिक रूपमा सुरु भएको जानकारीसहित अन्तक्र्रिया कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्थाका प्रतिनिधि, स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता रहेको थियो। सहभागीलाई गाउँपालिका अध्यक्ष तामाङले म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोसिलो खाना खान्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु र म मेरो परिवार तथा समुदायको स्वस्थ्यप्रति सजग रहन्छुलगायत स्वस्थ जीवनशैली अपनाउने संकल्पमा प्रतिबद्ध रहन आग्रह गरे।
स्वास्थ्य संस्थाबाट परामर्श, सल्लाह, सुझाव लिएर व्यवहार परिवर्तन गर्नसके सर्ने नसर्ने दुवै रोग लाग्नबाट बच्न सकिने गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले बताइन्। ‘आव २०७६÷७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक भएको छ। पूर्वाधार विकासमा जति जोड दिने गरेका छौं, त्योभन्दा बढी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छौं्र। स्वास्थ्यक्षेत्रमा मात्र एक करोड १० लाख रुपैयाँ विनियोजन गरेका छौं,’ आचार्यले भनिन्, ‘गाउँपालिकाभित्र ५० वटा सामुदायिक विद्यालय छन्। त्यहाँ अध्ययनरत प्रत्येक विद्यार्थीको तीनतीन महिनामा आँखा परीक्षण गराउनेछौं। हरेक वर्ष विद्यार्थीको मुटु परीक्षण गराउनेछौं। २० वर्षमाथिका सम्पूर्ण महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गराइरहेका छौं। यस्ता कार्यक्रमलाई निरन्तरता दिने छौं।’
मेरो वर्षको सुरुवाती कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय नुवाकोटका पोषण अधिकृत जनार्दन सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७४ सालमा सुरु गरेको मेरो स्वास्थ्य, मेरो वर्ष अभियानले विशेष गरी उच्च रक्तचाप, मुटुरोग, क्यान्सर, मधुमेह, दमलगायत नसर्ने रोगको न्यूनीकरणबारे आवाज उठाउनु रहेको बताए। नसर्ने रोगका कारण मृत्युदर दिनप्रतिदिन बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी रोगको जोखिम न्यूनीकरण गर्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भन्दै मेरो वर्ष अभियानको थालनी गरिएको उनले बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया