आँप टिप्न रुख चढेका त्रिशुली जलविद्युत केन्द्रका सेक्युरेटी गार्डको ढाड भाँचियो

विदुर खबर २०७६ असार २९ गते १९:४०

नुवाकोट असार २९, आँप खाने हाकिमको रहर पुरा गर्न रुख चढेका नेपाल विद्युत प्राधिकरण त्रिशुली जलविद्युत केन्द्रका सेक्युरेटी गार्डको रूखबाट लडेर ढाड भाँचिएको छ ।

Advertisement

असार २४ गते आँप टिप्न रूख चढेका सेक्युरेटी गार्ड भक्तिप्रसाद न्यौपाने लडेर गम्भीर घाइते भएका छन । उनको अवस्था चिन्ताजनक रहेको छ । हाल न्यौपानेको उपचार काठमाडौँको ग्रिनसिटी अस्पतालमा भैरहेको बताइएको छ । रुखबाट लढेका न्यौपाने विदुर नगरपालिका वडा नम्बर ८ राइसिङका हुन । प्रत्यक्षदर्शीका अनुसार गार्ड न्यौपानेलेले रूच चिप्लो रहेको भन्दै आँप टिप्न अस्वीकार गरेका थिए तर पछि केन्द्रका प्रमुख तारादत्त भट्टले चेतावनी दिएपछि नी रूखमा चढेका थिए ।

रूखमा चढेर आँप टिप्दाटिप्दै उनी चिप्लिए र त्यसपछि भूइँमा बजारिएको बताइउको छ । रुखबाट लढेपछि अचेत भएका उनको अझै होस नआएको परिवारले जनाएको छ । आँप खानका निम्ति रूखमा जान निर्देशन दिने हाकिमले उपचारका निम्ति सहयोग पनि नगरेको प्राधिकरणकै कर्मचारीहरु बताउँछन ।

Advertisement

प्रतिक्रिया