नुवाकोटका होटल संचालकहरुलाई खाद्य स्व्च्छता सम्बन्धी तालिम
नुवाकोट असार २८,नुवाकोटका होटल,रेस्टुरेन्ट तथा क्यान्टिन संचालकहरुलाई खाद्य स्व्च्छता सम्बन्धी तालिम दिइएको छ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटको आयोजना तथा नुवाकोट होटेल तथा रेस्टुरेन्ट ब्याबसायी संघको सहयोगमा तालिमको आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाका होटल,रेस्टुरेन्ट तथा क्यान्टिन व्यवसायीहरुलाई “खाद्य स्वच्छता“सम्बन्धि जानकारी दिइएको थियो । कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट निमित्त प्रमुख नवराज श्रेष्ठले खाद्य स्वछन्दता सम्बन्धि जानकारी गराएका थिए ।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उफ्रेतीले आफुहरुले प्रदेशको सबै होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई स्वस्च्छ तथा गुणस्तरीय सामाग्री मात्र राख्न आग्रह गरेको बताएका थिए । त्यस्तै कार्यक्रममा नुवाकोट होटेल तथा रेस्टुरेन्ट ब्याबसायी संघका अध्यक्ष मधुसुदन थपलियाले आफुहरु जिल्लामा स्व्स्थ्यकर खाना बेच्न प्रतिवद्ध रहेको भन्दै आगामी दिनमा विभागसँग निरन्तर समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यत्त गरे । कार्यक्रममा जिल्लाका होटल,रेष्टुरेन्ट तथा क्यान्टिन संचालकहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया