नुवाकोटका होटल संचालकहरुलाई खाद्य स्व्च्छता सम्बन्धी तालिम

विदुर खबर २०७६ असार २८ गते १८:५८

नुवाकोट असार २८,नुवाकोटका होटल,रेस्टुरेन्ट तथा क्यान्टिन संचालकहरुलाई खाद्य स्व्च्छता सम्बन्धी तालिम दिइएको छ ।

Advertisement

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटको आयोजना तथा  नुवाकोट होटेल तथा रेस्टुरेन्ट ब्याबसायी संघको सहयोगमा तालिमको आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाका होटल,रेस्टुरेन्ट तथा क्यान्टिन व्यवसायीहरुलाई “खाद्य स्वच्छता“सम्बन्धि जानकारी दिइएको थियो । कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट निमित्त प्रमुख नवराज श्रेष्ठले खाद्य स्वछन्दता सम्बन्धि जानकारी गराएका थिए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उफ्रेतीले आफुहरुले प्रदेशको सबै होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई स्वस्च्छ तथा गुणस्तरीय सामाग्री मात्र राख्न आग्रह गरेको बताएका थिए । त्यस्तै कार्यक्रममा नुवाकोट होटेल तथा रेस्टुरेन्ट ब्याबसायी संघका अध्यक्ष मधुसुदन थपलियाले आफुहरु जिल्लामा स्व्स्थ्यकर खाना बेच्न प्रतिवद्ध रहेको भन्दै आगामी दिनमा विभागसँग निरन्तर समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यत्त गरे । कार्यक्रममा जिल्लाका होटल,रेष्टुरेन्ट तथा क्यान्टिन संचालकहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया