मिर्गौला बचाऔं अभियान शुरू

२२ फागुन, काठमाडौं । मिर्गौला रोग उपचार केन्द्र, बालाजु, वनस्थलीले मंगलबारबाट मिर्गौला बचाऔं अभियानकेा शुभारम्भ गरेको छ ।
विश्व मिर्गौला दिवसको अवसर पारेर केन्द्रले ‘मिर्गौला बचाऔं अभियान’को शुभारम्भ गरेको हो । उक्त अभियान अन्तर्गत जो कोही व्यक्तिले मिर्गौला बचाऔं अभियानका लागि पाँच सय रुपैयाँ प्रदान गर्न सक्नेछ ।
यसबाट उक्त व्यक्तिले अस्पतालबाट कुनै पनि सेवा सुविधा नपाउने केन्द्रका कार्यकारी निर्देशक डा.ऋषिराम काफ्लेले स्पष्ट पारे । उनले भने, ‘अभियानमा सहयोग गर्न चाहने जो सुकैले पाँच सय रुपैयाँ सहयोग गर्न त सक्छ । तर, सहयोग गरेवापत उसले केही पाउने छैन ।’
उक्त रकम मिर्गौला बचाऔं अभियानमा दानको रुपमा प्रयोग हुने भएकोले उक्त दानबाट संकलित रकमबाट उठेको रकमले विशुद्ध रुपमा मिर्गौला रोग के हो, मिर्गौला रोग किन लाग्छ, यसको उपचार के हो भन्नेबारेमा मात्र केन्दि्रत रहेर विभिन्न कार्यक्रमको आयोजना गर्नेछ ।
उक्त कार्यक्रम काठमाडौ उपत्यकामा मात्र आयोजना नभई देशभर सञ्चालन गरिने समेत केन्द्रका कार्यकारी निर्देशक डा. काफ्लले जानकारी दिए ।
डा. काफ्लेका अनुसार उक्त अभियान सञ्चालन गर्नकै लागि हाल डा. काफ्ले, श्रमती कमला शर्मासहित पाँचजना सदस्य सम्मेलित छन् ।
उक्त सदस्यहरुले मिर्गौला रोग उपचार केन्द्रसितको सहकार्यमा देशका विभिन्न ठाउँहरुमा अभियान सञ्चालन गर्नेछ ।
अभियानमा संलग्न हुनेहरुले अभियानबाट संकलित रकमको कुनै पनि तरिकाले उपभोग गर्न नपाउने समेत उनले बताए । साथै उक्त रकमबाट उठेको रकमले मिर्गौला बचाउनेबारे मात्र कुरा गर्ने समेत उनले स्पष्ट पारे ।
नेपालमा मिर्गौला रोगको निःशुल्क उपचार तथा डायलासिस सेवा निःशुल्क भएपनि मिर्गौला रोगबारे जानकारी नहुदाँ निजी, सरकारी, अर्ध सरकारी तथा विभिन्न सामुहिक अस्पतालमा सञ्चालित ४३ वटा अस्पतालमार्फत हाल नेपाल सरकारले नेपालमा वर्षेनी दश हजार भन्दा बढीलाई निःशुल्क मिर्गौलाको डायलासिस सेवा उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी, केन्द्रले मात्र प्रत्येक वर्ष २७ सयको हाराहारीमा मिर्गौलाकेा निःशुल्क डायलासिस सेवा उपलब्ध गराउँदै आएको छ ।
मिर्गौलाकेा निःशुल्क डायलासिस गर्नकै लागि केन्द्रले हाल ८० वटा डायलासिस सेवा सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया