लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको भुमिका उल्लेखनिय : सरोकारवाला

विदुर खबर २०७६ असार २८ गते १८:२६

नुवाकोट असार २८, लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको भुमिका उल्लेखनिय रहेको सरोकारवालाहरुले बताएका छन ।

Advertisement

विदुर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको २ दिने लैङ्गिक हिंसा निवारणमा न्यायिक समितीको क्षमता बिकास तालिममा सरोकारवालाहरुले सो कुरा बताएका हुन ।  कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख गीता दाहालले समाजमा अझै पनि लैङ्गिक हिंसाका घटनामा कमि नआएको भन्दै त्यसमा महिलाहरु आफै सचेत र सजग रहनुपर्ने बताइन ।

कार्यक्रममा नेपाल वार एसोसियसन नुवाकोटका सचिव उत्तम घिमिरेले लैङ्गिक हिंसा निवारणमा न्यायिक समितीको भुमिका र त्यसको प्रभावकारीताबारे प्रशिक्षण पदएका थिए । कार्यक्रम शुक्रबारबाट शुरु भएको थियो ।

Advertisement

प्रतिक्रिया