स्थानीय चुनाव लक्षित गर्दै नुवाकोटमा रास्वपाको “हामी आउँदै छौँ” अभियान सुरु
नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभर सञ्चालन गरेको “हामी आउँदै छौँ” अभियान नुवाकोटमा पनि औपचारिक रूपमा सुरु भएको छ।

अभियान अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ स्थित महादेवफाँटमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८३ साल असोज २४ गते दिउँसो २:५० बजेबाट सुरु भएको उक्त कार्यक्रम रास्वपा नगर सभापति कृष्णप्रसाद मनोहरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद माननीय राजु नाथ पाण्डे रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डे तथा अन्य वक्ताहरूले नागरिकका घरदैलोमा पुगेर समस्या बुझ्ने, जनगुनासो सङ्कलन गर्ने र स्थानीय स्तरमा संगठन सुदृढ बनाउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको बताउनुभयो।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश उपसभापति सुरेन्द्र भट्ट, प्रदेश सदस्य सफल थपलिया, नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेल, पालिका सभापति रामचन्द्र कार्की लगायत पार्टीका विभिन्न तहका पदाधिकारी, सदस्यहरू, पत्रकार तथा स्थानीय नागरिक गरी करिब ४० देखि ४५ जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा अस्वस्थताका कारण उपस्थित हुन नसक्नुभएका पार्टी नेताहरू माननीय सुनिल के.सी. र कृष्ण हरि बुढाथोकीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको अनुपस्थितिको जानकारी गराइएको थियो।

रास्वपाले स्थानीय तहसम्म पुगेर जनतासँग प्रत्यक्ष संवाद बढाउने रणनीति अनुसार अभियानलाई तीव्रता दिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














भोटेकोशी बाढीपीडित नुवाकोटका मोबाइल व्यवसायीलाई ८ लाख २५ हजार सहयोग
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
स्थानीय चुनाव लक्षित गर्दै नुवाकोटमा रास्वपाको “हामी आउँदै छौँ” अभियान सुरु
शिक्षामा समान अवसरको आग्रहसहित सन्तोषी ढुंगानाको न्यानो कपडा वितरण अभियान
गल्छीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक पूर्ण रुपमा अवरुद्ध





प्रतिक्रिया