अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा
नुवाकोट असार २६, साविकको विजेता अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड घरेलु मैदानमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बर्मिघममा बिहिबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो । पाँच पटकको विजेता अष्ट्रेलिया भने सेमिफाइनलबाटै बाहिरिएको छ । अब इंग्ल्याण्डले उपाधिका लागि आइतबार न्युजिल्याण्डसँग खेल्नेछन् । न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको छ ।

इंग्ल्याण्ड र न्युजिल्याण्ड फाइनल पुगेसँगै एकदिवसीय विश्वकप जित्ने नयाँ च्याम्पियन राष्ट्र थपिने भएको छ । इंग्ल्याण्ड र न्युजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्याण्डको जासन रोयले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै जोय रुटले अविजित ४९ रन तथा कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क र पाट कुमिन्सले १/१ विकेट लिए । इंग्ल्याण्डविरुद्ध एक विकेट लिँदै स्टार्कले एकै विश्वकप सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । इंग्ल्याण्डका जोनी बेयर्सस्टोलाई आउट गर्दै स्टार्क जारी विश्वकपमा २७ विकेट हात पारे ।
स्टार्कले लिएको २७ विकेट एकै विश्वकप एकै खेलाडी लिएको सर्वाधिक विकेट हो । यसअघि यस कीर्तिमान अष्ट्रेलियाका ग्लेन म्याकग्राथको नाममा रहेको थियो । उनले सन् २००७ को विश्वकप २६ विकेट लिएर कीर्तिमान बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले । खराब सुरुवात गरेको अष्ट्रेलियाले मात्र १५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पूर्व कप्तान स्मिथले चौथो विकेटका लागि एलेक्स केरीसँग १०३ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । केरी ४६ रनमा आउट भए ।

यस्तै अष्ट्रेलियाका मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्याण्डका क्रिस वोक्स र आदील रशिदले समान ३/३ विकेट हात पारे । जोफ्रा आर्चरले २ विकेट लिए ।

इंग्ल्याण्डसँगको हारसंगै अष्ट्रेलियाले पहिलो पटक विश्वकपको सेमिफाइनल खेल गुमाएको छ । यसअघि अष्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा ७ पटक जित निकालेको थियो । इंग्ल्याण्ड भने सन् १९९२ पछि पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया