ककनीमा नवर्निर्मित व्यारेक भवनको महानिरीक्षक खनालद्वारा उद्‍घाटन

विदुर खबर २०७६ असार २६ गते २२:१२

नुवाकोट असार २६, सशस्त्र प्रहरी बल यूएन शान्ति स्थापना तालिम शिक्षालय परिसर ककनीमा नवर्निर्मित व्यारेक भवनहरुको समुद्‍घाटन गरिएको छ ।

Advertisement

राष्‍ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा निर्मित उक्त भवन बुधबार सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

उद्‍घाटन समारोहमा प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक खनालले शिला अनावरण गरी नवनिर्मित छ वटा ब्यारेक भवनहरु समादेशक निवास, सिनियर अधिकृत व्यारेक, जुनियर अधिकृत व्यारेक, बिल्लादार जवान व्यारेक र प्रशिक्षार्थी व्यारेक भवन, हाईपोईन्ट डिउटी पोष्टहरु र पर्खालहरुको स्थलगत अवलोकन गरेका थिए ।

Advertisement

त्यस अबसरमा महानिरीक्षक खनालले भवन निर्माण कार्यमा योगदान पुर्‍याउनु हुने महानुभावहरुलाई प्रशंसा-पत्र समेत वितरण गरेका थिए । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले अमर सशस्त्र प्रहरी कर्मचारीहरुको बलिदानको स्मरण गर्दै राष्ट्र र नागरिकको सेवामा सशस्त्र प्रहरी बल सदैव प्रतिबद्ब रहेको र संगठनको सीमित श्रोत साधन र जनशक्तिलाई सुदृढ र बिस्तार गर्दै लैजाने बताए ।

उनले संगठनले अवलम्वन गरेको भ्रष्टाचार, मानवअधिकार उल्लघंन तथा लैङ्गिक हिंसाका घटनामा शून्य सहनशिलताको नीतिलाई मनन गरी आफ्नो जिम्मेवारी पुरा गर्न सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशित समेत दिए ।२०७२ साल बैशाख १२ गतेको भुकम्पबाट क्षतिग्रस्त भएका उक्त शिक्षालयका भवनहरुको पुनर्निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कुल १६ करोड ३६ लाख १३ हजार ६ सय ६८ रुपैया १० पैसा बिनियोजन गरेको थियो ।

Advertisement

 

प्रतिक्रिया