लिख गाउँपालिकाकी वडा सदस्य नेपालीको निधन
विदुर खबर
२०७६ असार २६ गते २१:३१

नुवाकोट असार २६, नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर २ कि वडा सदस्य गङ्गा नेपालीको बिहीबार निधन भएको छ ।
घरमा बसिरहेको अवस्थामा एक्कासि पेट दुखेको र एम्बुलेन्स मार्फत उपचारको लागी लैजाँदै गर्दा उनको निधन भएको वडा नम्बर २ का वडाध्यक्ष भिमबहादुर घलेले बताए । वडासदस्य नेपालीको श्रीमान पनि घरमा नरहेकाले बिहान ४ बजेतिर मात्र एम्बुलेन्स मार्फत उपचारको लागि लैजाँदै गर्दा उनको बाटोमा निधन भएको हो ।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित र हाल नेकपाका सक्रिय सदस्यसमेत रहेकी उनको बिहीबार नै पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलिसहित अन्त्येष्टि गरिएको छ । नेपाली २०७४ सालको स्थानीय तह निर्वाचनमा साविकको खानिगाउँ गाविसमा दलित महिला तर्फबाट सदस्य पदमा विजयी भएकी थिइन । उनी जितेकी थिईन ।
सम्बन्धित
प्रतिक्रिया