पुडासैनीको उपचारको लागि प्रदेशसभा सदस्य मैनालीको सहयोग

विदुर खबर २०७६ असार २६ गते १४:०४
पुडासैनीलाई आर्थिक सहयोग गर्दै प्रदेशसभा सदस्य बद्री मैनाली ।

                                         पुडासैनीलाई आर्थिक सहयोग गर्दै प्रदेशसभा सदस्य बद्री मैनाली ।

नुवाकोट असार २६, मृगौला रोगका कारण अस्वस्थ भएका अनेरास्ववियु नुवाकोटका पुर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य बद्री मैनालीले आर्थिक सहयोग गरेका छन ।

Advertisement

बिहीबार पुडासैनीको स्वास्थ्य अबस्था बुझ्दै मैनालीले उपचारको लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन । बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका पुडासैनीको दुबै मृगौला खराब भई आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन सकेबमे छैन । पुडासैनीको मृगौला प्रत्यारोपणको लागि अहिले आर्थिक संकलन भइरहेको छ । पुडासैनीलाई उनको श्रीमतिले मिर्गाैला दिन तयार रहेको भएपनि आर्थिक अभावको कारण प्रत्यारोपण हुन सकेको छैन ।
यसअघि पुडासैनीको उपचारको लागि अर्काे प्रदेशसभा सदस्य केशव पाण्डेले उपचारमा कुनैपनि अभाव हुन नदिने भन्दै सबैलाई आर्थिक सहयोग गर्न आग्रह गरेका थिए ।

यसअघि पुडासैनीको उपचारको लागि विदुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष राजु सडौलाले १० हजार रुपैयाँ, अनेरास्वीयु नुवाकोटका अध्यक्ष विष्णु दाहालले ५ हजार रुपैयाँ र विदुर नगरपालिका वडा नम्बर ११ का प्रलाद प्याकुरेलले ५ हजार एकसय रुपैयाँ आर्थिक सहयोग गरेका छन । उनको उपचारको लागि अहिले आर्थिक संकलन भइरहेको छ ।

Advertisement

प्रतिक्रिया