पुडासैनीको उपचारको लागि प्रदेशसभा सदस्य मैनालीको सहयोग


पुडासैनीलाई आर्थिक सहयोग गर्दै प्रदेशसभा सदस्य बद्री मैनाली ।
नुवाकोट असार २६, मृगौला रोगका कारण अस्वस्थ भएका अनेरास्ववियु नुवाकोटका पुर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य बद्री मैनालीले आर्थिक सहयोग गरेका छन ।
बिहीबार पुडासैनीको स्वास्थ्य अबस्था बुझ्दै मैनालीले उपचारको लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन । बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका पुडासैनीको दुबै मृगौला खराब भई आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन सकेबमे छैन । पुडासैनीको मृगौला प्रत्यारोपणको लागि अहिले आर्थिक संकलन भइरहेको छ । पुडासैनीलाई उनको श्रीमतिले मिर्गाैला दिन तयार रहेको भएपनि आर्थिक अभावको कारण प्रत्यारोपण हुन सकेको छैन ।
यसअघि पुडासैनीको उपचारको लागि अर्काे प्रदेशसभा सदस्य केशव पाण्डेले उपचारमा कुनैपनि अभाव हुन नदिने भन्दै सबैलाई आर्थिक सहयोग गर्न आग्रह गरेका थिए ।
यसअघि पुडासैनीको उपचारको लागि विदुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष राजु सडौलाले १० हजार रुपैयाँ, अनेरास्वीयु नुवाकोटका अध्यक्ष विष्णु दाहालले ५ हजार रुपैयाँ र विदुर नगरपालिका वडा नम्बर ११ का प्रलाद प्याकुरेलले ५ हजार एकसय रुपैयाँ आर्थिक सहयोग गरेका छन । उनको उपचारको लागि अहिले आर्थिक संकलन भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया