मन्त्रीहरूबीच नै मतभेद, बोल्दैनन् कोही–कोही

विदुर खबर २०७६ असार २६ गते १:३८
फाईल फोटो

                                                                                   फाईल फोटो

नुवाकोट असार २६, नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ ।

Advertisement

सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त्रीहरूबीच मन मिल्न सकेको छैन ।

दुई तिहाई बहुमत प्राप्त सरकारमा तीन जनाबाहेक २३ जना नेकपाका मन्त्री छन् । मन्त्रीहरूको कामको मूल्याङ्कन गर्नका लागि प्रधानमन्त्री कार्यालयले नम्बर दिने मापदण्ड पनि बनाएको थियो । तर त्यो कार्यान्वयन हुन सकेको छैन । मन्त्रीहरुको बीचमा सामूहिकता भन्दा एक्लाएक्लै सफल हुने होडका कारण परिणाम दिन नसकेको एक मन्त्रीले  बताएको समाचार आजको समाचारपत्र दैनिकमा छ ।

Advertisement

प्रतिक्रिया