प्रजिअ पोखरेलले गरे जिल्ला प्रहरी कार्यालयको अनुगमन
विदुर खबर
२०७६ असार २५ गते १५:०३

नुवाकोट असार २५, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्ला प्रहरी कार्यालय नुवाकोटको बुधवार अनुगमन गरेका छन ।
उनले कार्यालयको अपराध, अनुसंधान शाखा, हिराहत कक्ष,आर्थिक प्रशासन शाखा, प्रशासन,जिन्सी, संचार,बिषेश कार्य र महिला कक्ष,को अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै प्रजिअ पोखरेलले बालबालिका तथा जेष्ठ नागरिक र सामुदायिक शाखाको समेत निरिक्षण गरेका थिए । निरिक्षणको क्रममा उनले प्रहरी अधिकृत तथा जवानहरुलाइ हालको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया