नुवाकोटमा नदीजन्य सामग्रीको उत्खननमा रोक

विदुर खबर २०७६ असार २५ गते १२:३९
फाईल फोटो

                                                                                                  फाईल फोटो

नुवाकोट असार २५, जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा संचालित नदीजन्य सामग्रीको उत्खनन रोक लगाएको छ ।

Advertisement

असारदेखि भदौ तीन महिना नदीमा पानीको बहाव बढेकाले नदीजन्य सामग्रीको उत्खननले किनार क्षेत्रमा कटानबाट जोखिम निम्त्याउने भन्दै उत्खननमा पूर्णरुपमा रोक लगाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललले बताए । जिल्ला विपत व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रजिअ पोखरेलले जिल्लाका १२ वट्टै स्थानिय तहका प्रमुख र उपप्रमुखलाई उत्त जानकारी गराएका हुन ।

असार महिना सहित ३ महिना जिल्लाको त्रिशूली, तादी, लिखु, फलाखु, सलाखु, सामरी लगायतका खोलाबाट बालुवा, ढुङ्गा, गिट्टी लगायतका सामग्री उत्खननमा पूर्ण निषेध गरिएकाले त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गरिने उनले बताए । ३ महिनासम्म नदी र खोलामा ठेकेदार कम्पनी, राष्ट्रिय गौरवको आयोजना, राष्ट्रिय प्रथामिकता प्राप्त आयोजना लगायतलाई समेत उत्खनन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।जिल्ला समन्वय समिति र प्रहरीले कडा गरेको भनिएको नदीजन्य पदार्थ उत्खनन्मा भने केही स्थानमा रातभरी काम हुने गरेको पाइएको छ । रातको समयमा खोलामा मेसिननै प्रयोग गरेर नदीजन्य सामाग्री निकाल्न थालिएको छ । यसमा संगठित रुपमा कार्य गर्ने देखि एक्लाएक्लै गर्नेहरु समेत सम्लग्न छन् । त्रिशुली, तादी र लिखु नदीको विभिन्न स्थानमा ढुङ्गा, बालुबा उत्खनन् भइरहेको छ । यो विषयमा प्रहरीलाई राम्रो जानकारी रहेपनि नियन्त्रणका लागि चासो नदेखाएको आरोप स्थानीबासीहरुले लगाएका छन ।

Advertisement

जिल्ला समन्वय समिति सहितका अन्य निकायबाट बजेट विनियोजन भएको सडक निर्माणमा प्रयोग हुने सामाग्रीको नाममा पनि नदीजन्य पदार्थको उत्खनन् हुने गरेको छ । सडक निर्माणका लागि भन्दै सडकबाट उठाइने सामाग्रीहरु अन्यत्र भण्डारण गर्ने र ब्यवसायीक रुपमा प्रयोग गरिने गरेको समेत पाइएको छ । असार देखि भदौ तिन महिनासम्म नदीबाट उत्खनन् गर्न नपाउने भनिएता पनी जिल्लामा रहेका क्रसर उद्योगहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया