नुवाकोट दरबार क्षेत्रमा सम्पदा गाउँ बनाइँदै

विदुर खबर २०७६ असार २५ गते ३:४०

नवाकोट असार २५, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको ऐतिहासिक तथा पुरातात्तिक सम्पदा बोकेको नुवाकोट दरबार क्षेत्र परिषरलाई सम्पदा गाउँ बनाउन यतिवेला स्थानियबासी लागि परेका छन ।

Advertisement

वि.स. २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पले तहसनहस भएको दरबार क्षेत्रमा परम्परागत शैलीको घर निर्माणमा यतिवेला स्थानियबासी लागि परेका छन । गाउँका ४ सय २० धुरीलाई सम्पदा गाउँमा समेटिएर घर निर्माण भएको नुवाकोट सम्पदा संरक्षण मन्चका अध्यक्ष पुष्कर शर्मा रिमालले जानकारी दिए । उनले नुवाकोटमा मल्लकालीन तथा शाहकालीन समयका पुरातात्विक सम्पदाहरु रहेका कारण यसबाटै आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित हुने भएकोले दरवार परिषरका गाउँलाई सम्पदा गाउँको रुपमा विकास गरिरहेको बताए । सम्पदा गाउँमा घर बनाउँदा पुरानो शैलिलाई कायम राख्नुपर्ने र रातो रंगको झिंगटी आकारका जस्तापाताले छाउनुपर्ने बताइएको छ । सम्पदा गाउँलाई परम्परागत ढाँचाका भौतिक संरचनाहरु निर्माण गरेर ऐतिहासिक तथा पुरातात्तिक स्थलको रुपमा पहिचान कायम राख्नको लागि उक्त कार्य गरीएको अध्यक्ष रिमालले बताए ।

नुवाकोटलाई पुन पुरानै अवस्थामा ल्याउन सम्पदा गाउँ गाउँको रुपमा विकास गर्न लागिएको विदुर नगरपालिकाले जनाएको छ । नुवाकोटमा नेपाल एकीकरण थालनी गरेका गोरखाका राजा पृथ्वीनारायण शाहले बनाएको नौतले र हाल साततले दरबार, मल्लकालिन रंग महल, गारदघर, शक्तिशाली देवीपीठ भैरवी मन्दिर, ठूलो घण्टा, ल्ऽामपाटी, शीतलपाटी, सरस्वती मन्दिर, बूढीभैरवी, खाल्टादेवि , लिच्छवीकालीन तलेजु भवानीका मन्दिर मुख्य नुवाकोटको मुख्य आकर्षणका केन्द्र हुन । दरबार, पृथ्वीनारायणका पालामा सैनिक परेड खेल्ने टँुडिखेल, कालिका र मालिका मन्दिर, मानदेवकालीन कालभैरव मन्दिर, तोपखाना, सरस्वतीथानस्थित अंशु वर्माकालीन चैत्य, गणेश मन्दिर, मञ्जुश्रीको मूर्तिलगायत ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाले गाउँको महत्व अझै बढाएको स्थानिबासीहरु बताउँछन ।

Advertisement

त्यसो त नुवाकोट डाँडाबाट गणेश र लाङटाङ हिमालको दृश्यावलोकन पर्यटक तान्ने अर्को महत्वपूर्ण पाटो बनेको छ । उक्त क्षेत्रबाट तल बट्टार, माझीटार, पीपलटार, बागटार, हरियाल्ऽी डाँडाकाँडा देखिन्छन । भूकम्पपछि ती सम्पदालाई नष्ट हुनबाट बचाउन स्थानीय लागिपरेका छन । पुनर्निर्माण हुँदै गरेका घरलाई परम्परागत ढाँचामा बनाउन एकरूपता दिन सम्पदा गाउँ लागि परेको स्थानीय बताउछन ।

प्रतिक्रिया