टोखा–छहरे सकड नियमित बनाउन सांसदहरुको निर्देशन

विदुर खबर २०७६ असार २५ गते २:४०

नुवाकोट असार २५, वर्षाको कारण पटपटक अवरुद्ध भइरहने टोखा–छहरे सडकखण्ड नियममित बनाउन नुवाकोटबाट निर्वाचित सांसदहरुले सडक निर्माण कम्पनी र सडक विभागलाई निर्देशन दिएका छन ।

Advertisement

पुर्व मन्त्री हित एवं संघिय सांसद हितबहादुर तामाङको नेतृत्वमा गएको सांसतहरुले सो निर्देशन दिएको हो । संघिय सांसद हितबहादुर तामाङले सडक बिभाग, ठेकेदार कम्पनि सहित सम्बन्धित पक्षलाइ कडा निर्देशन दिँदै तत्काल सडकको स्तरउन्नतिमा ध्यान दिन कडा निर्देशन दिएका थिए । त्यस्तै अर्काे सांसद नारायणप्रसाद खतिवडाले पनि बाटो यथासक्य चालु अवस्थामा ल्याउन निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिएका थिए ।

त्यस्तै प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य बद्री मैनालीले सडक बारम्बार अवरुद्ध हुँदा आफुहरुले आलोचना खेप्नु परेको भन्दै तत्काल सडक निरन्तर संचालन गर्ने वातावरण बनाउन निर्देशन दिएका थिए । सांसदहरुको कडा निर्देशन खाएका सडक विभाग र निर्माण कम्पनीले बाटो तुरुन्त बनाउने प्रतिबद्वता व्यत्त गदै सडक नियमित संचालन गर्न ३÷४ ओटा स्काभेटर सडकमै परिचालन गरिरहने बताएका थिए । उनीहरुले सडक नियमित बनाउन राखेर गाडिको लिगमा ढुंगा सोलिङ राखेर कम्तिमा बर्षातको समयमा आवातजवात गर्न सहज बनाउने थप प्रतिवद्वता गरेका थिए ।

Advertisement

छलफलमा संघिय सांसद एवं पुर्व मन्त्री हित बहादुर तामाङ,संघिय सांसद नारायणप्रसाद खतिवडा, प्रदेस सांसद बद्री मैनाली, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर,सो वडाका वडाअध्यक्ष श्रीकृष्ण अधिकारी ,पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, नेकपा नेताहरु पुष्प लामिछाने, रामप्रसाद ढुंगाना, केपि लामिछाने, मिनबहादुर तामाङ, जितेन्द्र बिष्ट, लालबहादु तामाङ, बिजय खनाल, बिरबहादुर तामाङ , सडक बिभागका प्रमुख, ठेकेदार कम्पनि लगाएत सरोकारवाला स्थानिय वासिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया