मैलुङ–स्याफ्रु सडक पुन अवरुद्ध

फाईल फोटो
नुवाकोट असार २४, अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खण्ड अवरुद्ध भएको छ ।
बाढीले क्षति गरेको सडक सोमबार मर्मत गरेपछि सञ्चालनमा आएकोमा थियो ।गएराति परेको पानीका कारण विभिन्न स्थानमा पहिरो गएपछि फेरि अवरुद्ध भएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो । त्यसैगरी पहिरोको कारण सोमबार रातिदेखि अवरुद्ध रहेको रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक भने खुलेको छ ।
सडक खण्डको तातोपानी क्षेत्रमा गएको पहिरो पन्छाएसँगै सडकमा सवारी सञ्चालन सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । यस क्षेत्रमा गत हप्ता पनि पहिरोले सडक अवरुद्ध बनाएको थियो । स्याफ्रु–रसुवागढी सडक खण्ड पहिरोको जोखिममा रहेको पाइन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया