मैलुङ–स्याफ्रु सडक पुन अवरुद्ध

विदुर खबर २०७६ असार २४ गते १५:०२

                                                                                   फाईल फोटो

नुवाकोट असार २४, अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खण्ड अवरुद्ध भएको छ ।

Advertisement

बाढीले क्षति गरेको सडक सोमबार मर्मत गरेपछि सञ्चालनमा आएकोमा थियो ।गएराति परेको पानीका कारण विभिन्न स्थानमा पहिरो गएपछि फेरि अवरुद्ध भएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो । त्यसैगरी पहिरोको कारण सोमबार रातिदेखि अवरुद्ध रहेको रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक भने खुलेको छ ।

सडक खण्डको तातोपानी क्षेत्रमा गएको पहिरो पन्छाएसँगै सडकमा सवारी सञ्चालन सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । यस क्षेत्रमा गत हप्ता पनि पहिरोले सडक अवरुद्ध बनाएको थियो । स्याफ्रु–रसुवागढी सडक खण्ड पहिरोको जोखिममा रहेको पाइन्छ ।

Advertisement

प्रतिक्रिया