विदुर नगरपालिकाका दुई विद्यालयलाई कम्प्युटर वितरण गरिने

विदुर खबर २०७६ असार २३ गते ७:२९

नुवाकोट असोज २३, विदुर नगरपालिका वडा नम्बर ५ मा रहेका च्वाडी माध्यामिक विद्यालय र चन्द्रज्योती माध्यामिक  विद्यालयलाई कम्प्युटर वितरण गरिने भएको छ ।

Advertisement

एजुटेक नेपालले विदुर नगरपालिकाका दुई माध्यामिक विद्यालयलाई कम्प्युटर कक्षा सन्चालनको लागि २०÷२० थान कम्प्युटर वितरण गर्न लागेको हो । न्युजिल्याण्डका नागरिक माईक र सेरीलको व्यक्तिगत आर्थिक सहयोगमा उपलब्ध हुने सो कम्प्युटरको लागि च्वाडी मावि र चन्द्रज्योती माविसंग छुट्टाछुट्टै सम्झौता भएको छ । सम्झौताको लागि स्थानिय निकायका तर्फबाट तुलध्वज खतिवडाले संयोजन गरेका छन ।

देशभरका एकहजार माध्यामिक विद्यालयमा कम्प्युटर प्रविधीसहितको शैक्षिक कार्यक्रम सन्चालन गर्ने लक्ष्यका साथ कार्यक्रम नुवाकोट, सोलुखुम्बु र लमजुङका सम्बन्धित विद्यालयसंग शुक्रवार छुट्टाछुट्टै सम्झौता गरिएको एजुटेक नेपालका अध्यक्ष डायना सिल्बाल प्रधानले जानकारी दिइन । सो कार्यक्रमबाट हालसम्म १ सय ५० विद्यालय लाभान्वित भएको कार्यक्रममा जानकारी दिइएको थियो । सो कार्यक्रमको लागि एजुटेक नेपाल,स्थानिय संयोजन संस्था र विद्यालयको सहभागितामा १० लाख रुपैंया भन्दा बढीको सामग्री उपलब्ध गराइने बताइएको छ ।

Advertisement

प्रतिक्रिया