विदुर नगरपालिकाका दुई विद्यालयलाई कम्प्युटर वितरण गरिने
नुवाकोट असोज २३, विदुर नगरपालिका वडा नम्बर ५ मा रहेका च्वाडी माध्यामिक विद्यालय र चन्द्रज्योती माध्यामिक विद्यालयलाई कम्प्युटर वितरण गरिने भएको छ ।
एजुटेक नेपालले विदुर नगरपालिकाका दुई माध्यामिक विद्यालयलाई कम्प्युटर कक्षा सन्चालनको लागि २०÷२० थान कम्प्युटर वितरण गर्न लागेको हो । न्युजिल्याण्डका नागरिक माईक र सेरीलको व्यक्तिगत आर्थिक सहयोगमा उपलब्ध हुने सो कम्प्युटरको लागि च्वाडी मावि र चन्द्रज्योती माविसंग छुट्टाछुट्टै सम्झौता भएको छ । सम्झौताको लागि स्थानिय निकायका तर्फबाट तुलध्वज खतिवडाले संयोजन गरेका छन ।
देशभरका एकहजार माध्यामिक विद्यालयमा कम्प्युटर प्रविधीसहितको शैक्षिक कार्यक्रम सन्चालन गर्ने लक्ष्यका साथ कार्यक्रम नुवाकोट, सोलुखुम्बु र लमजुङका सम्बन्धित विद्यालयसंग शुक्रवार छुट्टाछुट्टै सम्झौता गरिएको एजुटेक नेपालका अध्यक्ष डायना सिल्बाल प्रधानले जानकारी दिइन । सो कार्यक्रमबाट हालसम्म १ सय ५० विद्यालय लाभान्वित भएको कार्यक्रममा जानकारी दिइएको थियो । सो कार्यक्रमको लागि एजुटेक नेपाल,स्थानिय संयोजन संस्था र विद्यालयको सहभागितामा १० लाख रुपैंया भन्दा बढीको सामग्री उपलब्ध गराइने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया