गेर्खु–काठमाण्डौ रुटमा डिलक्स बस चल्ने, टिमुरे यातायातले सेवा दिने

विदुर खबर २०७६ असार २३ गते ६:५८

नुवाकोट असार २३, विदुर नगरपालिका वडा नम्बर ११ को गेर्खुमा आजबाट डिलक्स बस संचालन हुने भएको छ ।

Advertisement

काठमाण्डौ–त्रिशुली–गेर्खु र चोगते रुटमा टिमुरे यातायात प्रालिले बस संचालन गर्न लागेको हो । गेर्खुमा चल्ने लोकल बसले दादागिरी देखाएको तथा धेरै महँगो भाडा असुलेपछि गेर्खु–चागते सडकमा वस संचालनको माग गर्दै स्थानियबासीहरु टिमुरे यातायातको कार्यालयमा पुगेका थिए ।

वडा नम्बर ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाको विशेष पहलमा गाउँमा टिमुरे यातायात संचालनमा आएको हो । तिमिल्सेनाले वडाका स्थानियहरुले लोकल बसमा दुख पाएको भन्दै टिमुरे यातायात प्रालिका अध्यक्ष जोशीलाई तत्काल वस संचालन गरेर सहयोग गरिदिन आग्रह गरेका थिए । वडाअध्यक्ष तिमिल्सेनाको आग्रहलाई तत्काल प्रतिक्रिया स्वरु टिमुरे यातायातले वस संचालन गर्ने प्रतिवद्धता व्यत्त गरेको थियो ।

Advertisement

यता स्थानियबासी र जनप्रतिनिधिहरुको मागलाई मध्यनजर गर्दे दिँदै आफुहरुले आजबाट बस संचालन गर्न लागेको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले बताए । जोशीका अनुसार बस प्रत्येक दिन काठमाण्डौबाट विहान ११ बजेर र गेर्खुबाट काठमाण्डौको लागि विहान ९ बजे हिँड्नेछ । बसले काठमाण्डौ–त्रिशुली–गेर्खु –चोगतेको भाडा २ सय ८५ रुपैयाँ तोकेको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । उनले आफुहरु पुर्ण रुपमा व्यवसायमा मात्र केन्द्रित नभएई सेवामा समेत केन्द्रित हुने बताए ।

यसैबिच गेखुमा टिमुरे यातायात संचालन हुनेभएपछि वडा नम्बर ११ का स्थानियबासीहरुले खुशी व्यत्त गरेका छन । उनीहरुले टिमुरे यातायात गाउँमा संचालन हुने भएपछि प्रतिष्पर्धा बढ्ने र यात्रुहरुले सेवा पाउने बताए । टिमुरे गेर्खु प्रवेश गर्ने भएपछि पासाङ ल्हामु यातायातको मिलेमतोमा संचालन भएको वसको एकलौटी अधिकार गेर्खुमा अन्त्य हुनेछ ।

Advertisement

गत असोज २६ गतेबाट त्रिशुली–काठमाण्डौ रुटमा यातायात संचालन गरेको टिमुरे यातायात अहिले गाउँगाउँमा पुगेर यात्रुहरुको मन जित्दै आएको छ । नुवाकोटको रुटमा पासाङ ल्हामु यातायात र केरुङको एकलौटी राज रहेको बेला टिमुरेले स्थानिय समुदायहरुसँग मिलेर करिव ५ करोड रुपैयाँको लगानीमा यातायात संचालनमा आएको थियो ।

प्रतिक्रिया