ढुङ्गेमा करेन्ट लागेर दुई बालक घाईते,उपचारको लागि काठमाण्डौ लगियो

विदुर खबर २०७६ असार २२ गते १२:२६

नुवाकोट असार २२, विदुर नगरपालिक वडा नम्बर १ ढुङ्गेमा आइतबार साँझ करेन्ट लागेर दुई बालक घाईते भएका छन । ढुङ्गेमा बागवानीमा रहेको क्रियापुत्री बस्ने घरको छतमा खेल्ने क्रममा बालकहरु घाईते भएका छन ।

Advertisement

घाईते हुनेमा ७ बर्षिय सुजन नगरकोटी र ५बर्षिय दमै नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए । खेलीरहेका बालकहरुले अचानक माथि रहेको एघार हजार भोल्टको तारमा छुँदा उनीहरुलाई करेन्ट लागेको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

घाइतेमध्ये सुजनको दाहिने खुट्टाको पन्जामा चोट लागेको छ भने दमै नगरकोटीको बाया हात जलेको छ । उनीहरुको त्रिशुली अस्पतालमा सामान्य उपचार पछि काठमाण्डौ लगिएको छ ।

Advertisement

प्रतिक्रिया