विदुर नगरपालिकामा बालश्रम न्युनीकरण गर्न अभियान शुरु

विदुर खबर २०७६ असार २२ गते २:०८

नुवाकोट असार २२, सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको आयोजना तथा विदुर नगरपालिकाको सहयोगमा विदुर नगरपालिकामा वालश्रम न्युनीकरण अभियान शुरु भएको छ ।

Advertisement

अभियानको शुरुवात विदुर नगरपालिका वडा नम्बर १,२,४ र ५ वडामा संचालन हुने बताइएको छ भने अन्य वडामा आगामी वर्ष विस्तार गरिने नगरपालिकाले जनाएको छ । अभियान अन्र्तगत शनिवार विदुर नगरपालिका वडा नम्बर ४ को समन्वयमा बालश्रम न्युनीकरणका लागि सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले स्थानिय सरकारको हैषियतले आफुहरु बालश्रम न्युनीकरण गर्न प्रतिबद्ध रहेको बताए । उनले विभिन्न संघसंस्थासँग समन्वय गरेर आफुहरु काम गर्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर गीता दाहाल, वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ, वडासदस्य वसन्त रिजाल, विदुर खानेपानी उपभोत्ता समितिका उपाध्यक्ष संजिव श्रेष्ठ, होटल व्यवसायी राममणि अधिकारीर ,जिल्ला बाल कल्याण समितिका सदस्य तथा उपभोत्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्र पण्डित र जालपा मिडिया सर्भिसका अध्यक्ष शिव देवकोटाले बालश्रम न्युनीकरण गर्न सबै पक्षको सामुहि प्रतिवद्धता आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला टा«फिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराई, सामुदायिक प्रहरी केन्द्र नुवाकोटका अध्यक्ष उत्सव अर्याल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया