पन्चकन्या गाउँपालिकाका प्रमुख रमेश तामाङले दिए बैंकरलाई ज्यान मार्ने धम्की

विदुर खबर २०७६ असार २१ गते १२:४६

नुवाकोट असार २१, नुवाकोटको पन्चकन्या गाउँपालिकाका प्रमुख रमेश तामाङले गाउँपालिकाको वडा नम्बर २ सहरेटारमा संचालन भइरहेको नेपाल एसबिआई बैंक लिमिटेडका शाखा प्रबन्धकलाई ज्यान मार्ने धम्की दिएका छन ।

Advertisement

गाउँपालिका अध्यक्ष तामाङले बैंकले आफुले भनेको काम नगरेको भन्दै ज्यान मार्ने धम्की दिएको नेपाल एसबिआई बैक लिकिटेड पन्चकन्या शाखाका प्रमुख अश्विन आचार्यले विदुरखबरलाई जानकारी दिए । गाउँपालिकाका अध्यक्ष तामाङले यही असार १७ गते मंगलबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिकामा बैंकलाई निर्मम कारबाही गर्ने भन्दै धम्कीपुर्ण पत्र काटेका छन । गाउँपालिका अध्यक्ष तामाङले गाउँपालिका कार्यालय रहेको ठाउँमा मुख्य शाखा नखोली गाउँपालिकामा आएकोजस्तो मात्र गरेको भन्दै निर्मम कारवाहीको निर्णय गर्ने चेतावनि दिएका छन । तर आफुहरु नेपाल रास्ट्र बैंकको निर्देशन र स्वीकृतिमा नुवाकोटको पन्चकन्या गाउँपालिकामा कारोवारको लागि आएको बैकले जनाएको छ ।

गाउँपालिकाको सातौ गाउँसभाले बहुमतको आडमा गाउँपालिका भित्र कुनै पनि बैंक नरहेको गलत निर्णय गरेको थियो । गाउँसभापछि लगातार बैंकको नामङ्कित बोर्ड हटाउन मौखिक ताकेता गरेको गाउँपालिका प्रशासनले गत असार १७ गते लिखित रुपमै बोर्ड हटाउनको निम्ति प्रहरी सहित पठाएको थियो । बैकले आफुहरको अनुमति र सहमति विना बैकिङ कारोवार संचालन गरेको भन्दै ईलाका प्रहरी कार्यालय पन्चकन्यालाई प्रहरी परिचालन गरि बैकको साईनबोर्ड र सुचनापार्टी हटाएर सहयोग गरिदिन आग्रह गरेको छ । तर बैकङले कारोवार शुरु गर्नुअघि वडा नम्बर २ कार्यालयबाट बत्तिको मिटर जडानको लागि सबै प्रक्रिया पुराएको तथा वडा कार्यालयबाट सबै सिफारिश लिएको जनाएको छ ।

Advertisement

गाउँपालिकाले आफुहरुलाई ज्यान मार्ने धम्की दिएको विषयमा बैकका नेपाल एसबिआई बैक लिमिटेड पन्चकन्या शाखाका प्रमुख अश्विन आचार्यले केन्द्रमा सो बारेमा जानकारी गराएका छन । विदुरखबरसँग कुरा गर्दै उनले यस विषयमा बैकले राष्ट्र बैकलाई आईतबार जाकनारी गराउने बताएका छन । मलाई गाउँपालिकाका अध्यक्ष तामाङले ज्यान मार्ने धम्की दिनुका साथै प्रहरी परिचालन गरेर मानसिक यातना पनि दिइरहेका छन उनले भने । गाउँपालिकाको कार्यालय रहेको स्थानमा सुरक्षा र वर्खा याममा करिव ५ महिना सडक संचालन हुदैन त्यस्तो ठाउँमा गएर कसरी बैकिङ कारोबार गर्न नै सकिने अवस्था नरहेको उनले बताए । तर गाउँपालिका अध्यक्ष तामाङले भने आफुहरुले बैकलाई गाउँपालिकाको कार्यालय रहेको स्थानमा लैजान भवन र बाटोको सुविधा दिएपनि बैक जान नमानेको आरोप लगाएका छन ।

यसैबिच गाउँपालिकाका अध्यक्ष तामाङले बैकको शाखा हटाउन र प्रमुखलाई ज्यान मार्ने धम्की दिनु गाउँपालिकाको मनपरितन्त्र भएको अधिवत्ता ज्योति दाहालले बताएका छन । उनले एउटा सानो प्रशासकीय इकाइले केन्द्रीय बैंकको निर्णय खारेज गर्ने कुरो यो भन्दा अचम्म र अजिब केहि नहुने बताएका छन । उनले एउटा प्रशासकीय इकाईलाई अनावश्यक पगरी दिंदा यस्तै नियति भोग्नुपर्ने बताए । कतिपय अवस्थमा नेपाल राष्ट्र बैंकको शाखा खोल्न स्वीकृति आवश्यक पनि पर्दैन,गएको भनेर जानकारी मात्र दिए पनि पुग्छ । यो गाउँपालिकाको हुकुमी शासन भएको उनले बताए । गाउँपालिका अध्यक्ष तामाङ आईतबारसम्म कार्यालयको सुचनापार्टी नहटाए आफै हटाउन जाने र शाखा प्रमुखलाई ज्यान मार्ने धम्की दिएका छन ।

Advertisement

प्रतिक्रिया