मलेसियामा साथीलाई चक्कु हानेर भागेका सुजन राई पक्राउ

विदुर खबर २०७६ असार २१ गते ३:५७

          फरार भएका सुजन राई ।

सन्दिप मोक्तन,मलेसिया । मलेसियामा यहि असार ९ गते (२४ जुन)मा एउटै कोठमा सँगै बस्ने साथलाई चक्कु प्रहार गरि फरार भएका सुजन राई पक्राउ परेका छन ।

Advertisement

मलेसियाको जोहरबारु राज्य ताम्पोइमा सामान्य बिबाद गर्दा हुँदा राईले बर्दिया घरभई हाल मलेशियामा कार्यरत दुर्गाचन्द ठकुरीलाई चक्कु प्रहार गरि सक्त्त घाईते बनाएर फरार भएका थिए । चक्कु प्रहार गरि फरार राईलाई बिहीबार (जुलाइ ४ तारिक)मा एनआरएनएको पहलमा पक्राउ गरिएको हो । प्रहरीले राईलाई खोजतलास गरिरहेको अवस्थामा जोहोरबारुमा एनआरएनए जोहोरको पहलमा पुलिसले राईलाई पक्राउ गरेको एनआरएनएका सचीव अर्जुनसिंह अनुरागीले जानकारी दिए ।

चक्कु प्रहारबाट घाईते भएका ठकुरीको स्वास्थ्यमा सुधार आइरहेको एनआरएनएका सचीव अर्जुनसिंह अनुरागीले बताए । उनले प्रदेशमा आएर आफ्नो घर प्रस्थितीको ख्यालै नराखी गलत संगतमा लागेकोले धेरै नेपालीहरुको मलेसियामा मृत्यु हुने र अलपत्र पर्ने गरेको बताए । विदेश आइपुगेपछि भने जस्तो काम र तलब नपाउनु बस्नखानको व्यवस्थापन नहुनुजस्तो कारणले धेरै नेपाली युवा भागेर काम गर्न बाध्य भएको अनुरागीले बताए ।

Advertisement

प्रतिक्रिया