खोलाले वगाउँदा तादीका दुई युवक वेपत्ता, खोजी कार्य जारी

विदुर खबर २०७६ असार २० गते १५:०६

नुवाकोट असार २०, तादी गाउँपालिकामा खोलाले बगाउँदा बिहीबार दुई युवक वेपत्ता भएका छन ।

Advertisement

वेपत्ता हुनेमा वडा नम्बर २ का बिनोद लामा तामाङ र देवकृष्ण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

उनीहरुलाई सातविसेबाट घर फर्कने खोलाले बगाएको बताइएको छ । खोलाले बगाएर वेपत्ता भएका उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया