नेपालले चीनलाई १० विकेटले हरायो


तस्बिर : रमण शिवाकोटी
नुवाकोट असार १८, मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले प्रभावशाली सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ ।
५४ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ ओभरमा पुरा गर्यो । पवन सरार्फको विस्फोटक ब्याटिङमा नेपालले प्रभावशाली जित दर्ता गरेको हो । सरार्फले २१ ब्लमा ६ चौका र ३ छक्काको मदतले ४६ रन बनाए । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहे ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल सामु चीनले ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओपनरद्वय खेलाडीले समान १३-१३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिए । तिलक भण्डारीको नाममा ३ विकेट रह्याे । कमल सिंह ऐरीले एक विकेट झारे ।
जितसंगै नेपाल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । समुह चरणको पहिलो खेलमा सिंगापुरले चीनलाई हराएको थियो । योसंगै दुवै खेलमा पराजित हुदै चीन प्रतियोगिताबाट बाहिरिएको छ ।
समुह चरणको अन्तिम खेलमा नेपाल र सिंगापुर भिड्नेछन् । सोही खेलले समुह विजेता टोलीको टुङ्गो लगाउनेछ ।
प्रतिक्रिया