चीनविरुद्ध नेपाल वलिङ गर्दे,उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदानमा

विदुर खबर २०७६ असार १८ गते २:२८
तस्बिर : रमण शिवाकोटी

तस्बिर : रमण शिवाकोटी

नुवाकोट असार १८, मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले अहिले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ । चीनले सुरुवातमा ब्याटिङ गर्नेछ  । साबिक बिजेता समेत रहेको नेपाल चीनलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

चीनविरुद्ध नेपाललाई जित निकाल्न खासै चुनौती हुने छैन । किनकि चीनलाई प्रतियोगितामा निकै कमजोर टिम मानिएको छ । यू १९ क्रिकेटमा नेपालको लागि चीन नौलो प्रतिद्वन्दी हो । त्यसैले रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रने नेपाल शतर्क भएर खेल्नेछ । उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले चीनपछि सिंगापुरसँग खेल्नेछ । नेपाल रहेको समूह ए मा चीन र सिंगापुर रहेका छन् । अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Advertisement

गत संस्करणमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । साबिक बिजेता रहेका कारण नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ । नेपाली टोलीमा यस पटक चार नयाँ अनुहार रहेका छन् । आसिफ शेख, सन्दीप जोरा, सुर्य तमाङ र अभिषेक बस्नेतको स्थानमा खड्क बोहोरा, तिलक भण्डारी, विशाल बिक्रम केसी र लोकेश बमले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

प्रतिक्रिया