गल्छी–त्रिशूली–रसुवागढी सडकअन्तर्गत नुवाकोट र धादिङ का ११ किलोमिटर सडक स्तरोन्नति

फाईल फोटो
नुवाकोट असार १८, राष्ट्रिय गौरवको आयोजनामा परेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकअन्तर्गत धादिङ र नुवाकोटमा गरी ११ किलोमिटर सडक स्तरोन्नति भएको छ ।
आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार धादिङको गल्छी, नुवाकोटको कोल्पुटार, रातोमाटे, महादेवफाँट, देवीघाट, पीपलटार र माझीटार गरी ११ किमि सडक स्तरोन्ति गरिएको हो ।‘जहाँ समस्या छैन,’ उनले भने, ‘त्यहाँ पिचको काम भएको छ । उनले मुआब्जाको काम छिटो भए अझै कामले तीव्रता पाउने बताए । आयोजनाले अहिलेसम्म ४८ प्रतिशत काम सकेको जनाएको छ । अहिले धादिङको गल्छीदेखि नुवाकोट कोल्पुटार–देवीघाट, महादेवफाँट, रातोमाटे ४६ किलोमिटर क्षेत्रमा काम भइरहेको छ ।
भण्डारीले भने, ‘विद्युत् पोल, सडक किनारमा रहेका कटिङ कार्यले सडक निर्माणमा केही ढिलाइ हुन गएको छ ।’ यो सडक उत्तरी चीनको केरुङ र दक्षिण वीरगन्ज नाका हुँदै भारतसँग जोडिने सडक आयोजना हो । रसुवाको मैलुङ–स्याफ्रुबेंसी १९ किमिट्र्याक सेनाले आयोजनालाई बुझाए पनि अहिले काम रोकिएको छ । कान्तिपुर दैनिकबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया