पर्यटन प्रवर्द्धन समितिप्रति असहमति जनाउँदै होटल तथा पर्यटन व्यवसायीसंघले बुझायो ज्ञापनपत्र

विदुर खबर २०७६ असार १७ गते ४:१४

नुवाकोट असार १७, भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन प्रति होटल तथा पर्यटन व्यवसायीसंघ नेपालले सोमबार पयर्टन बोर्डका सिइओ दिपकराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ ।

Advertisement

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश तीनका संयोजक सन्तोष उप्रेती सहितको टोलीले भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठनमा होटल व्यवसायीहरुलाई पनि समाबेस गर्न सोमबार पर्यटन बोर्डका सिइओ दिपकराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाएपछि सिइओ जोशीले सकारात्मक प्रतिक्रिया दिएको संयोजक उप्रेतीले जानकारी दिए ।

भ्रमण वर्ष सफल पार्न होटल व्यवसायीहरुको मूख्य भूमिका हुने भएकाले प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन मा आफुहरुलाई छुटाउनु भनेको भ्रमण वर्ष २०२० सफल हुनुमा प्रश्न चिन्ह खडा भएकोे विज्ञप्तिमा उल्लेख  छ  ।

Advertisement

प्रतिक्रिया