लिखु गाउँपालिकाको नवप्रकाश विद्यालयले पायो नयाँ भवन

विदुर खबर २०७६ असार १७ गते ३:२६

नुवाकोट असार १७, लिखु गाउँपालिका वडा नम्बर ३ ठूलोडाँडामा रहेको नव प्रकाश माविको नयाँ भवन विद्यालयलाई हस्तान्त्ररण गरिएको छ ।

Advertisement

४ करोड ५० लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय एकाइको समन्वय तथा जापानी सहयोग नियोग (जाइका)को आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । भवनको सोमबार प्रतिनिधिसभाका सांसद बहादुरसिहं लामाले उद््घाटन गरेका थिए । विसं २०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण विद्यालय भवन भत्केको थियो ।

त्यसयता टहरामा पठनपाठन गरिँदै आएको विद्यालयमा १३ कोठे भवन निर्माण गरिएको छ । विद्यालय हस्तान्त्रण कार्यक्रममा सांसद लामाले विद्यालयको भौतिक धेरै भएकोले अब शैक्षिक प्रगति गर्नुपर्ने बताए । उनले विद्यालयले अबका दिनमा गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्ष भोला सेढाइ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राई, विद्यालयका प्रधानाध्यापक श्यामबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया