लिखु गाउँपालिकाको नवप्रकाश विद्यालयले पायो नयाँ भवन
नुवाकोट असार १७, लिखु गाउँपालिका वडा नम्बर ३ ठूलोडाँडामा रहेको नव प्रकाश माविको नयाँ भवन विद्यालयलाई हस्तान्त्ररण गरिएको छ ।
४ करोड ५० लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय एकाइको समन्वय तथा जापानी सहयोग नियोग (जाइका)को आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । भवनको सोमबार प्रतिनिधिसभाका सांसद बहादुरसिहं लामाले उद््घाटन गरेका थिए । विसं २०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण विद्यालय भवन भत्केको थियो ।
त्यसयता टहरामा पठनपाठन गरिँदै आएको विद्यालयमा १३ कोठे भवन निर्माण गरिएको छ । विद्यालय हस्तान्त्रण कार्यक्रममा सांसद लामाले विद्यालयको भौतिक धेरै भएकोले अब शैक्षिक प्रगति गर्नुपर्ने बताए । उनले विद्यालयले अबका दिनमा गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्ष भोला सेढाइ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राई, विद्यालयका प्रधानाध्यापक श्यामबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया