लेखक साहित्यकार माथि सत्ताधारी  आक्रमण

विदुर खबर २०७६ असार १७ गते २:१९
 रजमान तामाङ

                  रजमान तामाङ

धेरै पढ्ने मान्छेहरु बहुलाउँछन्।मार्क्स ऐगेल्सका थोत्रा किताब पढेर क्रान्ती हुन्न।बुद्धिजीवीहरुलाई थला पारिन्छ”। ,अहिलेका सत्ता राजनितिका दुइ खेलाडी प्रचण्ड र प्रधानमन्त्री केपि ओलिका चर्चित अभिव्यक्तिहरु हुन् यि।दुबै पात्र अहिलेका सत्ताका सबैभन्दा बलशाली पात्रहरु पनि हुन् ।सत्ताका कारिन्दाहरुले निर्माण गर्ने भाषाले समाजमा उसले लाद्न खोजेको अर्थराजनितिक र साँस्कृतिक भय प्रस्टिन्छ।

आम लेखक र बौद्धिकहरु माथि प्रचण्डले गरेको टिप्पणी आफ्नो दाइने यात्रा विरुद्ध प्रश्न गर्ने लेखक बुद्धिजीवी र राजनिती माथि थियो।आफ्नो पथभ्रस्ट यात्रा विरुद्ध धावा बोल्ने मान्छे माथी होइन बिचाराधारा माथी थियो। मार्क्स ऐगेल्सका कृति माथी ओलि टिप्पणीको कारण ति कृतिहरु अध्यारोको विरुद्ध उज्यालो बाटो देखाउने दर्शन थियो। भर्खरै पुँजीवादी समाजमा बदलिएको नेपाली सत्ता राजनीतिका खेलाडी ओलिलाई थाहा छ कि पुँजीवाद विरुद्ध लड्ने बौद्धिक र दार्शनिक हतियार मार्क्सवाद भन्दा अरु छैन।ओलिको अनुदार दक्षिण पन्थ विरुद्ध कसैले धावा बोल्छ भने त्यो मार्क्सबादले मात्र हो।त्यसैले ओलिको घृणा स्वभाबिक हुन आउँछ।ओलि अहिलेको फासिबादी सत्ताका भरपर्दा कारिन्दा हुन् ।देखाउन त नायकको रूपमा देखाइन्छ।असलियतमा उनिहरु आजको भुमन्डलिकृत बितिय पुँजिको कारिन्दा हो।
ओलिका केहि किस्सा हेर्दा उनि कस्ता मानशिक्ताका मानिस  हुन् भन्ने प्रष्ट हुन्छ।२०४२सालमा राजद्रोहको मुद्दामा भद्रगोल जेलमा बन्दी बनाइएका ओम शर्मा भर्खरै टिन एजकै थिए अर्थात त्यतिखेर नौ कक्षामा पढ्थे।भद्रगोल जेलमा बिहान हिंड्दा ओलिसँग ठोकिएको निहुमा उनलाई डबल नेकपा निकट पत्रकार संगठनको अध्यक्ष बनाउन ओलि राजी भएन भन्ने सुन्दा ओलिको स्तर मापन हुन्छ र उनको फासिबादी मानसिकता कति जब्बर देखिन्छ ।?एमाले बिभाजन पछि माले निकट मिडियाको लेखाइ प्रति अहिलेसम्म ओलि कति अनुदार छ।जनआस्थाका सम्पादक किशोर श्रेष्ठको भोगाइ बेलाबखत मिडियामा आएकै छ। नेपालमा मात्र होइन।दुनियाँ भरको इतिहास हेर्दा आम मान्छेले सत्ताको चरित्र बुझ्न सकेको हुँदैन ।खाना लाउनको निम्ति संघर्ष गरिरहनु पर्ने आम मानिसले सत्ताको चरीत्रमाथि प्रश्न गर्न सक्दैन।त्यसैले सत्ताको चरीत्रमा प्रश्न गर्ने बौद्धिकहरु लेखकहरु र साहित्यकारहरुमाथी सत्ता सदैव कठोर हुनेगर्छ ।भारतमा आरएसएस संरक्षित हिन्दु फासिबाद र त्यसका नायक बनाइएका भाजपा नेता प्रधानमन्त्री नरेन्द्र मोदिको अगुवाइमा चलिरहेको हिन्दु रास्ट्रबादी फासिबाद विरुद्ध प्रश्न गर्ने बौद्धिकहरु अर्बान माओबादी गुरिल्ला बनाइएका छन्अर्थात शहरी नक्साल  र प्रधानमन्त्री मोदिको हत्या गर्ने प्रोपोगन्डा सृजना गरेर उनिहरुलाई गिरफ्तार गरिएको छ।यातना दिएको छ।
पत्रकार गौरी लङ्केश लगायत दर्जनौ लेखक पत्रकार निर्मम ढंगले मारिएका छन् । अरुन्धती रोय जस्ता भारतीय लेखकहरु जो बहुराष्ट्रिय कम्पनीको लूट विरुद्ध भारतिय आदिबासिहरुको पक्षमा लेख्छन् , उनिहरु दैनिक भय र त्रासमा बाच्न बिबस छिन् ।गरिब भारतिय आदिवासी ,दलित र अल्पसंख्यक समुदायको पक्षमा लेख्नु वा बोल्नु मोदि नेतृत्वको भारतमा गम्भीर अपराध मानिन्छ।भारत आफैंमा दुइमा बिभाजित छ ।बहुराष्ट्रिय कम्पनी र त्यसका दलाली गरिरहेका दलाल /मालिक र हिन्दू फासिबादको आबरणमा लुटिरहेका कथित ब्यापारिक घराना बनेको बाबाहरुको भारत अर्कोतिर बहुसंख्यक गरिब आदिवासी ,२०करोड दलित ,अल्पसंख्यक समुदायको भारत ।जसले बहुराष्ट्रिय कम्पनीका मालिक र तिनका हिन्दु फासिबाद विरुद्ध आबज उठाउँछन उनिहरुलाई शत्रुको कितामा राख्छन् र बर्बर हमलाको शिकार बनाइन्छन्।
यो हाम्रो छिमेकको पुँजीवादले अहिले अख्तियार गरेको अर्थराजनिती र सँस्कृती हो। रुसि अक्टोबर क्रान्तिका निम्ति मेक्सिम गोर्किको साहित्य ,चाइनिज क्रान्तिमा लुसुन याङ्मो मात्रा होइन।पुँजीवादको विरुद्ध धावा बोल्न सर्बहारा बर्गिय दार्शनिक मार्क्स ऐगेल्स स्वयमले लेखकिय र पत्रकारितालाई पहिलो प्लेट फर्म बनाएको कुरा दुनियाँको शासकहरुले बुझेका छन् ।लेनिन माओ मात्र होइन बुर्जुवा भनिएका नेहरु बिपि कोइराला स्वयं साहित्य र लेखनको आफ्नो बिधामा अब्बल मानिन्थे।र आफ्नो समयको अर्थराजनिती मुलुकको स्वाधिनतामाथी भैरहेको बलात्कार विरुद्ध प्रश्न गरे।
नेपालमा राणा शासनकालमा मकैको खेतीका लेखक कृष्णलाल पन्चायत विरुद्ध रमेश रायन कृश्नसेन इच्छुक नारायण ढकाल आहुती श्यामल खगेन्द्र सङ्गौला पारिजात  सत्ता माथि प्रश्न गर्ने लेखकीय नायकहरु थिए।जसका कारण उनिहरु माटो सुहाउँदो बयबस्था को(पन्चायतको) शत्रु दरिए।यिनले थुप्रा आरोप खेपे।जेल भोगे ।यातना शिबिरमा बिताए।र आफ्नो उर्जाबान समय सत्ताबाट दबेटिएका मानिसहरुको पक्षमा साहित्यको बमबार्ड गरिरहे । पहिलो जनआन्दोलनको आधार भुमी निर्माण गर्न यि लेखक कलाकारको कम योगदान छैन।जनआन्दोलन पछि यसले निर्माण गरेको सत्ता संरचना बिरुद्द प्रश्न गरे।प्रचण्ड बाबुराम किरणहरु आफैंमा प्रश्न गर्ने बौद्धिकहरु थिए।त्यसमा थुप्रै कबि कलाकार लेखक र बौद्धिक जमात थिए।जनयुद्ध प्रारम्भ भएपछि हाम्रा झोलामा आमा ,युबाहरुको गित मात्र होइन,आहुतिको नयाँ घर अनिवार्य जस्तै थियो।
यो क्रममा माओबादी आन्दोलन देशको सबैभन्दा मूल्यवान र बालशाली बन्यो देशका उत्पीडित जनताको पक्षमा।हिमाल, पहाड ,मधेस ,दलित ,जनजाति ,महिला ,किसान ,मजदुर ,गरिब देशभक्त सबैलाई यसले उद्देलित र र प्रभावित बनायो।
कृष्ण सेन इच्छुक रोहित कोइराला चुनु गुरुङ च्याङ्बा लामाहरुले साहित्य र सस्कृतिको मोर्चाबाट बलिदान गरे।अझ इच्छुकको दर्दानाक हत्या माओबादी आन्दोलनकै एक अपुरणिय बौद्धिक हत्याकाण्ड हो।यो बीच मा थुप्रै लेखक कलाकार र स्रस्टाहरुले परिबर्तनका खातिर आफ्ना सृजना मार्फत योगदान गरिरहे । माओबादी आन्दोलनको बिचलन विरुद्ध कमरेड बिप्लबको बिद्रोह यो कालखण्डको र यो पुस्ताको सबभन्दा ठुलो चुनौती बनेको छ सत्ताधारी बर्गको लागि ।त्यसैले यो बिद्रोहको पक्षमा लेखकीय मोर्चा सम्हालेका लेखक कबिहरु शहरी नक्सालाइटहरु हुन् सत्ताको नजरमा।जसरी भारतिय लेखकहरु भारतिय शहरी नक्सालाइट बनेका छन् ।अशोक सुबेदी ,रसुवालि कबि ,बिपि बिद्रोही, बिरहीहरु नेपालका दलाल पुँजीपति बर्गका निम्ती शहरिया नक्सालहरु हुन् ।
त्यसैले अहिलेको सत्ताले बार बार आक्रमण गरिरहन्छ रसुवाली कबिहरुलाई ।यिनले नेपालटारको डाँडोबाट होस या भृकुटीमण्डप ।जहाँ सुकैबाट भएपनि अहिलेको फासिबाद विरुद्ध मिसाइल प्रहार गरिरहेको हुन्छ शब्दको।खेती गरिरहेका हुन्छन् अक्षरहरुको।तर ति शब्द र अक्षरहरु ति मृत अक्षर मात्र होइन।मिसाइल हुन् फासिबाद बिरुद्द।
त्यसैले अहिलेको दक्षिण पन्थी फासिबाद म यसलाई दक्षिण पन्थी सामाजिक फासिबाद भन्न रुचाउँछु नेपालको सन्दर्भमा ।यसले पचाउन सक्दैन ।फासिबाद माथिको बौद्धिक हमला विरुद्ध राज्य आतंकको साहारा लिन पुग्छ।त्यसैले ओलिले फर्मान जारिगरेका छन् बिरोधिहरु माथी अरिङ्गल झैँ आक्रमण गर्नु/ जाइलाग।यो फासिबादी अभिव्यक्ति हो।
त्यसैले यो हमला चल्नु स्वभाबिक छ भने प्रतिरोध ऐतिहासिक आबस्यक्ता।यो पङ्तिकार अपिल गर्न चाहान्छ कि आउनुस मित्रहरु!नबिन युगको सपना बाडौँ।भुमण्डलिकृत पुँजीवाद र त्यसले निर्माण गरेको फासिबादी बिचारधारा र सत्ता सँस्कृतिको विरुद्ध मोर्चा कसौं।मानब जाती र पृथ्वीकै सर्बनास गर्ने बाटोमा दौडिरहेको पुँजीवाद विरुद्ध लडौँ।बैज्ञानिक समाजबाद /सामुहिकिकरण बिना पुँजीवादलाई परास्त गर्न सकिदैन  र परास्त हुँदैन ।आम बौद्धिक जगत ,लेखक साहित्यकार र कलाकारहरु युगिन अभिभारा पुरा गरौँ ।अहिलेको कुरुप संसार भन्दा सुन्दर संसार सम्भब छ।
Advertisement

प्रतिक्रिया