गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेभन्ज्याङमा आज साँझ भएको कार र्दुघटनामा तीनजना गम्भीर घाइते भएका छन् ।

टोखा छहरे सडकखण्ड अन्र्तगत ढिकुरेबाट काठमाडौतर्फ जादै गरेको बिएई ०५६९ नम्बरको ईलेक्ट्रोनिक कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


र्दुघटनामा परि सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर २ का संजिवकुमार चौधरी,सुनसरीको इनरवा नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाण्डौ ८ वस्ने उत्सव पोखरेल र काठमाण्डौको गौरीघाट वस्ने लोकेश मिश्र घाइते भएका छन् ।
घाईतेमध्ये चौधरीको अवस्था गम्भी रहेको छ भने पोखरेलको खुट्टामा चोट लागेको छ भने मिश्रको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारको लागि काठमाण्डौ पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया