किस्पाङको ऐसेलु भुमे माविको अभिभावक भेला सम्पन्न
कृष्ण प्रसाद भट्ट । काहुले असार १६, किस्पाङ गाउँपालिका वडा नम्बर ३ काहुलेमा रहेको ऐसेलु भुमे माध्यामिक विद्यालयको अभिभावक भेला,अभिभावक शिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नेपाल सरकारको नमुना विद्याालयको रुपमा छनौट भएको विद्यालयको कार्ययोजना अन्तरगत नै अभिभावक भेला, अभिभावक शिक्षा तथा सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका सहायक प्रध्यानाअध्यापक पबनकुमार पौडेलले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छत्र लामाले समग्र गाउँपालिकाको विकास निर्माणमा आफु केन्द्रित भएको बताए । उनले गाउँपालिकाको शिक्षा क्षेत्रको विकासको लागि निति तथा कार्यक्रममा राम्रो योजनाहरु ल्याइएको बताए । उनले गाउँपालिकाको विकासमा आफु प्रतिवद्ध रहेको भन्दै आलोचना भन्दा सहयोग गर्न आग्रह गरे । उनले गाउँगाउँमा स्थानिय सरकार आएको भएपनि कानुन अभावका कारण चाहेको काम गर्न नसकेको बताए । त्यस्तै कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष अमृतवहादुर तामाङले आफू निर्वा्चित भएर आएपछी वडाको शैक्षिक क्षेत्रमा विशेष जोड दिएको बताए । उनले आफ्नो वडाको बिद्यालयहरुमा सिसि क्यामारा जडानका साथै र विधुतिय हाजिरी जडान गरेर विद्यालयमा पारदिर्शता अपनाएको बताए ।
विद्यालयको स्थापना कालदेखिनै नेतृत्व सम्हाल्दै आएका विद्यालय व्यवपस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपानेले सबैको सहयोग र साथ पाएमा विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विरबल तामाङले सबैको त्याग र सहयोगबाट विद्यालय यो अबस्थामा आइपुगेको उल्लेख गरे । त्यस्तै विद्यालयका प्रध्याानाअध्यापक कृष्णबहादुर सापकोटाले अभिभावकरुलाई बिधालयको भौतिक र शैािक्षक गतिविधिबारे जानकारी गराएका थिए । सो कार्यक्रममा समाजसेबी तथा अभिभावक माधब न्यौपानेले जिल्लाको विकट गाउँमा रहेर पनि शैक्षिक क्षेत्रमा विद्यालयले ठुलो फड्को मार्न उल्लेख्य भुमिका खेलको बताए । कार्यक्रममा भोजराज भट्ट, देबेन्द्र न्यौपाने सन्ख तामङ , रणबहादुर लामा अभिभावक,विद्यार्थी,समाजसेवि र बुद्धिजिबि लगायतको उपस्थिति रहेको थियोे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन





प्रतिक्रिया