किस्पाङको ऐसेलु भुमे माविको अभिभावक भेला सम्पन्न

विदुर खबर २०७६ असार १६ गते १५:२९

कृष्ण प्रसाद भट्ट । काहुले असार १६, किस्पाङ गाउँपालिका वडा नम्बर ३ काहुलेमा रहेको ऐसेलु भुमे माध्यामिक विद्यालयको अभिभावक भेला,अभिभावक शिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

Advertisement

नेपाल सरकारको नमुना विद्याालयको रुपमा छनौट भएको विद्यालयको कार्ययोजना अन्तरगत नै अभिभावक भेला, अभिभावक शिक्षा तथा सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका सहायक प्रध्यानाअध्यापक पबनकुमार पौडेलले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छत्र लामाले समग्र गाउँपालिकाको विकास निर्माणमा आफु केन्द्रित भएको बताए । उनले गाउँपालिकाको शिक्षा क्षेत्रको विकासको लागि निति तथा कार्यक्रममा राम्रो योजनाहरु ल्याइएको बताए । उनले गाउँपालिकाको विकासमा आफु प्रतिवद्ध रहेको भन्दै आलोचना भन्दा सहयोग गर्न आग्रह गरे । उनले गाउँगाउँमा स्थानिय सरकार आएको भएपनि कानुन अभावका कारण चाहेको काम गर्न नसकेको बताए । त्यस्तै कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष अमृतवहादुर तामाङले आफू निर्वा्चित भएर आएपछी वडाको शैक्षिक क्षेत्रमा विशेष जोड दिएको बताए । उनले आफ्नो वडाको बिद्यालयहरुमा सिसि क्यामारा जडानका साथै र विधुतिय हाजिरी जडान गरेर विद्यालयमा पारदिर्शता अपनाएको बताए ।

विद्यालयको स्थापना कालदेखिनै नेतृत्व सम्हाल्दै आएका विद्यालय व्यवपस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपानेले सबैको सहयोग र साथ पाएमा विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विरबल तामाङले सबैको त्याग र सहयोगबाट विद्यालय यो अबस्थामा आइपुगेको उल्लेख गरे । त्यस्तै विद्यालयका प्रध्याानाअध्यापक कृष्णबहादुर सापकोटाले अभिभावकरुलाई बिधालयको भौतिक र शैािक्षक गतिविधिबारे जानकारी गराएका थिए । सो कार्यक्रममा समाजसेबी तथा अभिभावक माधब न्यौपानेले जिल्लाको विकट गाउँमा रहेर पनि शैक्षिक क्षेत्रमा विद्यालयले ठुलो फड्को मार्न उल्लेख्य भुमिका खेलको बताए । कार्यक्रममा भोजराज भट्ट, देबेन्द्र न्यौपाने सन्ख तामङ , रणबहादुर लामा अभिभावक,विद्यार्थी,समाजसेवि र बुद्धिजिबि लगायतको उपस्थिति रहेको थियोे ।

Advertisement

प्रतिक्रिया