विदुर नगरपालिकाले दियो ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर
नुवाकोट असार १६, विदुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका कृषक समुह, फर्म र सहकारीहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।
आईतबार धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रममा आयोजना गरि विदुर नगरपालिकाको कृषि शाखाले नगरक्षेत्र भित्रका कृषक समुह, फर्म र सहकारीहरुलाई २२ ओटा हाते ट्याक्टर वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ । किसानहरुलाई हाते ट्याक्टर वितरण गदै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक कृषक एक उपकरण पुराउने विदुर नगरपालिकाको योजना अनुसार ट्याक्टर वितरण गरेको बताए । उनले आगामी दिनमा कृषकलाई प्रविधि मैत्री बनाएर व्यवसायीक उत्पादनलाई बढवा दिने बताए । प्रमुख पण्डितले हिजोको दिनमा भनसुनको आधारमा केही व्यक्तिले कृषि औजार पाउने गरेको भन्दै अवका दिनमा मापदण्डको आधारमा वितरण गरिने बताए । उनले नगरपालिकाले निति तथा कार्यक्रम मार्फत कृषकहरुको हितमा धेरै राम्रा कार्यक्रम ल्याएको भन्दै कृषकहरुले त्यसको सदुपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चाँपागाईले कृषकहरुलाई प्रोत्साहन गर्न र उत्साही र खाद्यान्नमा आत्म निर्भर बनाउन ५० प्रतिशत अनुदानामन हाते ट्याक्टर वितरण गरेको बताए । उनले आफ्नै खेतबारीमा काम गरेर व्यवसायीक बनाउन नगरपालिकाले ट्याक्टर वितरण गरेको उल्लेख गरे ।
यता हाते ट्याकटर पाएपछि कृषकहरुले खुशी व्यत्त गरेका छन । हाम्रो शहकारी संस्था लिमिटेडका प्रतिनिधि बद्री रिजालले गाउँमा खेती गर्न गोरु पाउन छाडेकोले नयाँ हाते ट्याक्टर पाएकोमा खुशी व्यत्त गरे । उनले नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशतमा दिएको अनुदान अर्झै कम भएको बताए । नगरपालीकाले वितरण गरेको २२ वटा हाते ट्याक्टर विभिन्न १३ कृषिक सहकारी, कृषि समुहलाई वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जनाएको छ । यसअघि पनि गत पुस महिनामा पनि विदुर नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा २६ हाते ट्याकटर वितरण गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया