एसईईमा नुवाकोटका चार जनाले ल्याए समान ३.९५ जिपिए

विदुर खबर २०७६ असार १५ गते १३:५१
नुवाकोटबाट एसईईमा सामन जिपिएस ल्याएका चार जना विद्यार्थीहरु ।

        नुवाकोटबाट एसईईमा सामन ३.९५ जिपिएस ल्याएका चार जना विद्यार्थीहरु ।

नुवाकोट असार १५, गत वर्षको एसईई परिक्षामा नुवाकोटका चारजनाले समान जिपिए ल्याएर सर्वाेकृष्ट भएका छन ।

Advertisement

गत साता प्रकाशित गरिएको नतिजा अनुसार नुवाकोटबाट सामन जिपिए ल्याउनेहरुमा पृथ्वी माध्यामिक विद्यालयकी छात्राद्धय रश्मी पनेरु र निशा गजुरेल रहेका छन भने अर्किड एकेडेमिका एकल रिजाल र पब्लिक भिजन एकेडेमिका कमल लामिछाने रहेका छन । उनीहरुले समान ३.९५ ल्याएको शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटले जानकारी दिएको छ । नतिजा आएको दिनदेखि नुवाकोटबाट तीनजनाले समान अंक ल्याएको बताइएपनि भिजन एकेडेमिका कमल लामिछाने ओझेलमा परेका हुन । नुवाकोटबाट सर्वाधिक जिपिएस ल्याएको भन्दै पनेरु , गजुरेल र रिजालले समान ५ हजार रुपैयाँ पुरस्कार समेत पाइसकेका छन । त्यो अवसर भने लामिछानेले गुमाएका छन ।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका अनुसार परिक्षामा नियमिततर्फ ४ हजार २ सय र ग्रेड वृद्धिका लागि १ सय ३२ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षाको लागि नुवाकोटमा २४ ओटा परिक्षा केन्द्र तोकिएको थियो । तोकिएको केन्द्रमध्ये २१ ओटा सामुदायिक र ३ ओटा निजि विद्यालय रहेको थियो ।

Advertisement

प्रतिक्रिया