नुवाकोट साहित्य प्रतिष्ठानको कार्यसमिति निर्विरोध निर्वाचित

विदुर खबर २०७६ असार १५ गते १२:५०

नुवाकोट असार १५, नुवाकोट साहित्य प्रतिष्ठान नेपालको छैटौं अधिवेशनले रामकृष्ण गजुरेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

Advertisement

शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामकृष्ण गजुरेल, उपाध्यक्षमा विष्णुप्रसाद सापकोटा, सचिवमा मुकुन्दराज अर्याल, कोषाध्यक्षमा जानुका दहाल, सह सचिवमा प्रमिला परीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा भगवती लामा, भगवती खनाल, रामप्रसाद चालिसे, राजकुमार अचार्य, महेस लामिछाने चयन भएका छन ।

अधिवेशनले प्रवक्तामा करण तामाङ घलानलाई चयन गरेको छ भने सल्लाहकारमा श्रीराम श्रेष्ठ र संरक्षकमा पुष्कर लोहनीलाई जिम्मा दिएको छ । वि.सं २०६४ सालमा स्थापना भएको नुवाकोट साहित्य प्रतिष्ठानले नेपाली भाषा साहित्यलाई युवामाझ संप्रेषण गर्ने उद्देश्यले विभिन्न साहित्यीक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया