नुवाकोट साहित्य प्रतिष्ठानको कार्यसमिति निर्विरोध निर्वाचित
विदुर खबर
२०७६ असार १५ गते १२:५०
नुवाकोट असार १५, नुवाकोट साहित्य प्रतिष्ठान नेपालको छैटौं अधिवेशनले रामकृष्ण गजुरेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामकृष्ण गजुरेल, उपाध्यक्षमा विष्णुप्रसाद सापकोटा, सचिवमा मुकुन्दराज अर्याल, कोषाध्यक्षमा जानुका दहाल, सह सचिवमा प्रमिला परीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा भगवती लामा, भगवती खनाल, रामप्रसाद चालिसे, राजकुमार अचार्य, महेस लामिछाने चयन भएका छन ।
अधिवेशनले प्रवक्तामा करण तामाङ घलानलाई चयन गरेको छ भने सल्लाहकारमा श्रीराम श्रेष्ठ र संरक्षकमा पुष्कर लोहनीलाई जिम्मा दिएको छ । वि.सं २०६४ सालमा स्थापना भएको नुवाकोट साहित्य प्रतिष्ठानले नेपाली भाषा साहित्यलाई युवामाझ संप्रेषण गर्ने उद्देश्यले विभिन्न साहित्यीक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन





प्रतिक्रिया