पारसको कप्तानीमा विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

विदुर खबर २०७६ असार १५ गते ६:४३

नुवाकोट असार 15, सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ  ।

Advertisement

आइतबार पत्रकार सम्मेलन गरेर कप्तान पारस खड्काको कप्तानीमा विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । नेपालले पहिलो पटक पत्रकार सम्मेलन गरेर टिम घोषणा गरेको हो ।

नेपालले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ सदसीय टिमको घोषणा गरेको हो ।सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।

Advertisement

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ । यस्तै विश्वकप छनोटको तयारी गर्न नेपाली टोली मलेसिया जानेछ । तयारी स्वरुप नेपालले मलेसियासंग द्विपक्षीय टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्नेछ ।

Advertisement

नेपालले आगामी जुलाईमा मलेसियासंग उसैको मैदानमा २ खेलको सिरिज खेल्ने छ । नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ (असार २८-२९) मा हुनेछ ।

नेपाली टोली :

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

बसन्त रेग्मी

बिनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

करण केसी

ललित नारायण राजवंशी

अविनाश बोहरा

पवन सर्राफ

प्रदीप ऐरी

रोहित कुमार पौडेल

सन्दीप लामिछाने

शरद भेषवाकर

सोमपाल कामी

वैकल्पिक खेलाडी :

कुशल भुर्तेल

सुशन भारी

आरिफ शेख

जितेन्द्र मुखिया

 

प्रतिक्रिया