साङ्लाको कारण लाग्नसक्छ यस्ता रोग

विदुर खबर २०७४ फागुन २२ गते ९:५७

गर्मी बढ्दैछ । गर्मी बढेसँगै लामखुट्टे, झिँगा र साङ्ला (कक्रोज)ले दुख दिन्छ । अहिले यस्ता घर सायदै होला, जसलाई साङ्लाले नसताएको होस् । साङ्ला न मारेर सकिन्छ, न धपाएर । यसले घरको विद्युतिय यन्त्रलाई बिगार्छ । फोहोर फैलाउँछ । खानेकुरालाई दुषित बनाइदिन्छ ।

Advertisement

साङ्लाजन्य फोहोरबाट खानेकुरा बचाउन गाह्रो हुन्छ । यस्तो खाना सेवन गर्दा पेटसम्बन्धि समस्या हुन्छ । त्यसैले गर्मी याममा साङ्लाको संक्रमणबाट बच्न विशेष सर्तकता अपनाउनुपर्छ ।

साङ्ला देख्दा हामीलाई घिन लाग्छ । तर, यो यस्तो जीवन हो, जो हजारौं, लाखौं बर्षदेखि धर्तीमा छन् । हरेकजसो घरमा साङ्ला पाइन्छ । घरको कुनाकाप्चामा साङ्ला नै साङ्ला भेटिन्छ । बेडरुम, भान्सा जताजतै साङ्ला हुन्छ । यस्ता साङ्लाले खानेकुरा दुषित बनाउँछ । त्यस्तो खानेकुरा सेवन गर्दा हामीलाई पेटको समस्या हुन्छ । वान्ता वा पखला लाग्न सक्छ ।

Advertisement

फूड प्वाइजन

साङ्लाको कारण फूड प्वाइजन हुने संभावना रहन्छ । यसका साथै टाइफाइडको पनि समस्या हुनसक्छ । किनपनि यस्तो हुन्छ भने, साङ्ला सैलमोनेला नामक भाइरस फैलाउने प्रमुख श्रोत हो ।

Advertisement

एलर्जीको खतरा

साङ्लाको कारण एलर्जीको समस्या हुन्छ । यसले छालामा समस्या ल्याउन सक्छ । खासमा साङ्लाले मुखबाट र्‍याल निकाल्छ । त्यस्तो र्‍याल भान्साको कुनैपनि सामानमा रहनसक्छ । भाँडावर्तन, खानेकुरामा र्‍याल रहन्छ । साथै ओड्ने ओछ्याउनेमा पनि साङ्लाको र्‍याल रहन्छ, जसले एलर्जीको समस्या ल्याउँछ ।

ब्याक्टेरियाको कारण संक्रमण

साङ्लाको पेटको जिवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो यूरिन ट्रेक्ट इन्फेक्सन, पाचन सम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ ।

दमको समस्या

साङ्ला दम रोगीका लागि त सत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।

कसरी बच्ने ?

– घरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । साङ्ला बस्ने कुनाकाप्चामा दिनहुँ सफा गर्नुपर्छ । किनभने त्यस्ता ठाउँमा साङ्लाले आश्रय लिने गर्छ ।

प्रतिक्रिया