संसदमै झण्डै छुटे राजेन्द्र लिङ्देन !
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा हरेक दलका प्रतिनिधिले नयाँ सरकारलाई शुभकामना दिए । तर, राप्रपाका सांसद राजेन्द्र लिङ्देनको नाम आएन ।
सभामुखले आफ्नो नाम नै नलिएपछि उनी आफ्नो स्थानबाट उठे र ध्यानाकर्षण गराए ।
जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकामा रहेका महन्थ ठाकुरले भने, ‘के छ भन्नुस् ?
लिङ्देनः यो संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यो पार्टीको सदस्य पनि रहेको ध्यानाकर्षण गराउन चाहन्छु र रोष्टम प्रयोग गरेर आफ्ना कुरा राख्न चाहन्छु ।
ठाकुर : तपाईको नाम आएको छैन ।
लिङ्देन : म राजेन्द्र लिङ्देन । मैले आफ्नो कुरा राख्ने अनुमति चाहन्छु ।
ठाकुर : होइन, तपाईको नाम आएको छैन । नाम दिनुपथ्र्यो नि ।
लिङ्देन : यो हामीलाई जानकारी हुनुपथ्र्यो ।
ठाकुर : ल, सबैलाई जानकारी छ यो त ।
सभा सञ्चालनमा सहयोग गरिरहेका सांसद सचिवालयका कर्मचारी हुन्छ भनिदिनुस् भनेपछि ठाकुरले ‘हुन्छ आउनुस्’ भनेपछि संसद हलमा उपस्थित सांसदहरु हाँसे ।
भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह
सम्बोधनका क्रममा झापा ३ बाट निर्वाचित सांसद लिङ्देनले सांसदको सपथ दिँदा नै भ्रष्टाचार नगर्ने प्रतिवद्धता ठूलो स्वरमा गर्न चाहेको तर, नमिलेको सुनाए ।
आफूले सपथ पत्रमा भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हुने लेखेको भन्दै भ्रष्टाचार नगर्ने बाचा गर्न अन्य सांसदहरुलाई पनि आहृवान गरे ।
संसदमा नेकपा एमाले, नेपाली कांग्रेसका शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतो, संघीय समाजवादी फोरमका उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएका थिए
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया