अनेरास्ववियू ५० लाख विरुवा रोप्दै,४० हजार स्वयंसेवक परिचालन
नुवाकोट असार १४, सत्तारुढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले ५० लाख बिरुवा रोप्ने भएको छ।
शुक्रबार उपत्यकामा आयोजित कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले ४० हजार स्वयंसेवक परिचालन गरेर भदौ मसान्तसम्म ५० लाख रुखका विरुवा रोप्ने घोषणा गरेका छन्। अनेरास्ववियूले ‘ग्रिन नेपाल, क्लिन नेपाल’ अभियान संचालन गरेर उक्त वृक्षरोपण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो।
असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवस घोषणा गरेर सरकारले संचालन गरेको वृक्षरोपण कार्यक्रममा अनेरास्ववियूले सक्रिय रुपमा सहयोग गर्ने सहसंयोजक रञ्जित तामाङले बताए। अनेरास्ववियूले शनिबार बिहान उपत्यकाको हकमा कोटेश्वर – कलंकी खण्डको सडकमा र देशभरका क्याम्पस , विद्यालय र अन्य तोकिएका ठाउँमा राष्ट्रिय उत्सवको रुपमा वृक्षरोपण गरिने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया