तादी गाउँपालिकाले ल्यायो ३० करोड ९५ लाखको बजेट
विदुर खबर
२०७६ असार १० गते १५:११

नुवाकोट असार १०, तादी गाउँपालिकाको मंगलबार वसेको पाँचौ गाउँसभाले आर्थिक २०७६÷७७ को ३० करोड ९५ लाख ४४ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
मंगलबार गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेको अध्यक्षतामा बसेको गाउँसभाको बैठकबाट बार्षिक नीति तथा कार्यक्रम समेत पारित भएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
साथै गाउँसभाले सर्वसम्मत ढंगले आर्थिक ऐन २०७६, विनियोजन ऐन २०७६ र शिक्षक कार्य्विधि २०७६ पारित गरेको छ । यसअघि गाउँसभाको उद्घाटन जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले उद्घाटन गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया