नेपाली कांग्रेस तारकेश्वर –काठमाण्डौ सम्पर्क समिति गठन

विदुर खबर २०७६ असार ८ गते १३:०३

नुवाकोट असार ८, नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका –काठमाण्डौ सम्पर्क समिति गठन भएको छ ।

Advertisement

कांग्रेस जिल्ला कार्यसमितीले आफ्नो शुभेच्छुक संस्थाको रुपमा रहने गरी नुवाकोट काठमाण्डौ सम्पर्क समिती गठन गरेको छ । नेपालटारमा आईतबार भएको भेलाले राममणि घिमिरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती गठन गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष हरी अर्याल, बलराम वस्ती सचिवमा रमेश श्रेष्ठ, सहसचिब जयराज अधिकारी, कोषाध्यक्ष सरु ढुंगना रहेका छन ।

यस्तै कार्यसमिती सदस्यहरुमा जर्नादन अधिकारी, अर्जुन अधिकारी, बिष्णुप्रसाद अधिकारी, जनक बराल, सरस्वती अधिकारी, अनन्त खनाल, संगिता श्रेष्ठ, रोजना वस्ती, राजन भट्टराई, केशव पण्डित, ललितमान गुरुङ, प्रेम तामाङ र नवराज रिमाल रहेका छन । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केशीले गरेका थिए ।

Advertisement

प्रतिक्रिया