रामेछापको मन्थलीमा एम्बुलेन्स दुर्घटना,चालकको ज्यान गयो
नुवाकोट असार ७,रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ६ मा एम्बुलेन्स दुर्घटना हुदा चालकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
नेपाल रेडक्रस भिमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स सिन्धुलीबाट रामेछाप सदरमुकाम मन्थलीमा आउँदै गर्दा कुनौरी नजिकै शनिबार राति २ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परि एम्बुलेन्स चालनक सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका वडा नम्बर ७ खुर्काेट घर भएका २२ बर्षिय निर बहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।
प्रवक्ता अदालतका अनुसार चालकसंग साथि आएका एकजना गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । एम्बुलेन्स कुनौरीेमोडबाट बाट करिव २०० मिटर तल झरी अर्को मोडमा आइपुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया