रामेछापको मन्थलीमा एम्बुलेन्स दुर्घटना,चालकको ज्यान गयो

नुवाकोट असार ७,रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ६ मा एम्बुलेन्स दुर्घटना हुदा चालकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
नेपाल रेडक्रस भिमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स सिन्धुलीबाट रामेछाप सदरमुकाम मन्थलीमा आउँदै गर्दा कुनौरी नजिकै शनिबार राति २ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परि एम्बुलेन्स चालनक सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका वडा नम्बर ७ खुर्काेट घर भएका २२ बर्षिय निर बहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।
प्रवक्ता अदालतका अनुसार चालकसंग साथि आएका एकजना गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । एम्बुलेन्स कुनौरीेमोडबाट बाट करिव २०० मिटर तल झरी अर्को मोडमा आइपुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया