प्रतिनिधिसभाको पहिलो बैठकः अन्तरिम कार्यविधि पारित
विदुर खबर
२०७४ फागुन २१ गते ११:३९
२१ फागुन, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकले आफ्नो अन्तरिम कार्यविधि पारित गरेको छ ।
सोमबार बानेश्वरमा बसेको बैठकले कार्यविधि पास गरेको हो । त्यसक्रममा नेमकिपाका सांसद प्रेम सुवालले छलफल नै नभई पास गर्न खोजेको भनेर नियमापत्ति गरेका थिए ।
तर, जेष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका महन्थ ठाकुरले नियम नै नबनेको अवस्था कसरी नियमापत्ति भन्दै प्रति प्रश्न गरे ।
बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने पाँच संसदको नाम पनि पास गरेको छ । एमालेबाट खगराज अधिकारी, कांग्रेसका मानबहादुर विक, माओवादीकी पूर्णाकुमारी सुवेदी, राजपाका लक्ष्मणलाल कर्ण र फोरमका उमाशंकर अर्गरिया छन् ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्री नियुक्तिसम्वन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया