राष्ट्रियसभाको पहिलो बैठक : अन्तरिम कार्यविधि पारित गरेर सकियो
विदुर खबर
२०७४ फागुन २१ गते ११:३८

२० फागुन, काठमाडौं । राष्ट्रियसभाको पहिलो बैठक राष्ट्रियसभाको अन्तरिम कार्यविधि पारित गरेर भोलिसम्मका लागि स्गथति भएको छ ।
संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकले राष्ट्रियसभा नियमावली तयार नहुँदासम्म बैठक सञ्चालन गर्न दलीय छलफलमा तयार भएको अन्तरिम कार्यविधि पारित गरेको हो ।
ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा भएको बैठकमा सुरुमा प्रधानमन्त्री र मन्त्रीहरु नियुक्तिबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।
सोमबारको बैठकमा अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न तीन जना सांसद मनोनित गरिएको छ । जसमा एमालेका परशुराम मेघी गुरुङ, नेपाली कांग्रेसका राघेश्याम अधिकारी र नेकपा माओवादी केन्द्रका कालीबहादुर मल्ल रहेका छन् ।
बैठक मंगलबार दिउँसो ११ बजेसम्मका लागि स्थगित भएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया