बाघको छाला तस्करीमा संलग्न डिमेलाई दिल्लीबाट ल्याइयो
विदुर खबर
२०७४ फागुन २१ गते ११:२८
२० फागुन, काठमाडौं । वन्यजन्तुको तस्करी तथा ओसारपसार मुद्दामा प्रहरीको खोजी सूचीमा रहेका एक जना अपराधीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
बाघको छाला र हड्डीको तस्करीमा संलग्न लोडु डिमेलाई नयाँ दिल्लीमा पक्राउ गरी सोमबार इयर इन्डियाको फ्लाइट नम्बर एआई २१३ मार्फत नेपाल ल्याएको हो ।
डिमेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा २२ माघ ०७४ मा रेड कर्नर नोटिस जारी भएको थियो ।
उनलाई जिल्ला वन कार्यालय, नुवाकोटले १३ असार ०७० मा १ लाख रुपैयाँ रुपैयाँ जरिवाना तोकेको थियो । तर, पुनरावेदन अदालत, पाटनले २१ फागुन ०७४ मा त्यस फैसलालाई उल्ट्याएर ५ वर्ष कैद सजाय तोकेको थियो ।
उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गर्ने तयारी भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट





प्रतिक्रिया