रसुवागढी भन्सार कार्यालयमा आइतबारदेखि ‘ब्रोकर मोडल’ सञ्चालन
नुवाकोट असार १,रसुवागढी भन्सार कार्यालयमा आइतबारदेखि ‘ब्रोकर मोडल’ सञ्चालनमा आउने भएको छ । भन्सारमा हुने कारोबारलाई पारदर्शी बनाउनका लागि आसिकुडा वर्ल्ड सिस्टमको ब्रोकर मोडल सञ्चालनमा ल्याउन लागिएको हो ।
ब्रोकर मोडलले भन्सार कार्यालयका कर्मचारी र व्यवसायी दुवैलाई जिम्मेवार बनाउने छ । यसले कार्यालयमा कामको चाप घट्नेछ । आयातकर्ता, प्रतिनिधि वा भन्सार एजेन्टले ब्रोकर मोडलबाट मालवस्तुको घोषणा गर्नेछन् । यो प्रणालीले भन्सार कर्मचारी र व्यावसायीबीचको दूरी पनि बढाउनेछ । यसका लागि व्यावसायी तथा एजेन्टले पासवर्ड पाउँछन् । त्यही सफ्टवेयर प्रयोग गरेर उनीहरूले जहाँबाट पनि सामग्रीको घोषणा गर्न सक्छन् । घोषणा गर्नुपूर्व उनीहरूले सामग्री अनुसार महसुल हेर्नुपर्छ ।
यसका लागि पहिलो एजेन्टको रूपमा सापकोटा प्रोभिजनल एण्ड फर्वाडिङका माधव प्रसाद सापकोटाले अनुमति पाउनु भएको छ । भन्सारमा हुने कारोबारलाई स्वच्छ र पारदर्शी बनाउनका लागि यो मोडल सञ्चालनमा ल्याउन लागिएको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताउनुभयो । ‘भारतसँग सीमा जोडिएका क्षेत्रका भन्सार कार्यालयमा यो मोडल पहिलेदेखिनै सञ्चालनमा थियो, उहाँले भन्नुभयो, यहाँ हामीले पहिलो पटक सञ्चालन गर्दै छौँ ।’ यसले व्यावसायी तथा भन्सार कर्मचारीलाई थप जिम्मेवार बनाउने छ ।
साभार उज्यालो
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया