नुवाकोट गोल्डकप : फाईनल प्रवेशको लागि केहीवेरमा संकटाविरुद्ध च्यासल क्लब भिड्दै


फाईल फोटो
नुवाकोट जेठ २९, नुवाकोटमन जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत सेमिफाइनलको दोस्रो खेलमा आज संकटा क्लबविरुद्ध च्यासल युथ क्लब प्रतिष्पर्धा गर्दै छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा ५ बजेपछि हुने खेलमा दुबै टोली जित हात पार्दै उपाधि नजिक पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछन । संकटा आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने च्यासल युथ क्लब लिग च्याम्पियन मनाङलाई हराउँदै सेमिफाईनल प्रवेश गरेको हो । ए डिभिजनका यी दुई क्लबको भिडन्त आज रोचक हुने निश्चित छ । आजको विजेताले उपाधिको लागि घरेलु टोली नुवाकोट ११ सँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।
जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयुत्त आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया