नुवाकोट गोल्डकप : फाईनल प्रवेशको लागि केहीवेरमा संकटाविरुद्ध च्यासल क्लब भिड्दै

विदुर खबर २०७६ जेठ २९ गते ८:२१
फाईल फोटो

                                                                             फाईल फोटो

नुवाकोट जेठ २९, नुवाकोटमन जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत सेमिफाइनलको दोस्रो खेलमा आज संकटा क्लबविरुद्ध च्यासल युथ क्लब प्रतिष्पर्धा गर्दै छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा ५ बजेपछि हुने खेलमा दुबै टोली जित हात पार्दै उपाधि नजिक पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछन । संकटा आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने च्यासल युथ क्लब लिग च्याम्पियन मनाङलाई हराउँदै सेमिफाईनल प्रवेश गरेको हो । ए डिभिजनका यी दुई क्लबको भिडन्त आज रोचक हुने निश्चित छ । आजको विजेताले उपाधिको लागि घरेलु टोली नुवाकोट ११ सँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयुत्त आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।

Advertisement

प्रतिक्रिया