जिल्ला प्रशासन कार्यालय नुवाकोट अगाडी दुई चरीबाघ भेटियो
विदुर खबर
२०७६ जेठ २९ गते १:०६

नुवाकोट जेठ २९, मंगलबार विहान जिल्ला प्रशासन कार्यालय परिषरमा अघि दुई चरीबाघ भेटिएको छ ।
दुई चरीबाघमध्ये एकको मृत्यु भएको छ भने एउटालाई मंगलबार दिउँसो नै प्रहरीको रोहबरमा वनदेवि सामुदायिक वनमा छोडिएको जिल्ला वन कार्यालयका सुचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए ।
मृत्यु भएको एउटा चरी बाघलाई भने कुकुरले लखेटिरहेको अवस्थामा भेटिएको जिल्ला वन कार्यालयका सुचना अधिकारी न्यौवानेले बताए । मृत्यु भएको चरीबाख लाई गाडिएको छ । यसअघि आईतबार मात्रै विदुर नगरपालिका वडा नम्बर ५ मा सालक भेटिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया