नवसञ्जीवनी माध्यामिक विद्यालयको भवन शिल्यानास

विदुर खबर २०७६ जेठ २९ गते १:०३

नुवाकोट जेठ २९,पन्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासमा रहेको नवसञ्जीवनी माध्यामिक विद्यालयको सोमबार चारकोठे भवनको शिल्यानास गरिएको छ ।

Advertisement

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र गाउँपालिकाकी उपप्रमुख सिता पराजुली, विद्यालयका प्रध्यानाअध्यापक रामेश्वर मिश्रले संयुत्त रुपमा भवनको शिल्यान्यास गरेका हुन । करिव ७० लाख रुपैयाँको लागतमा विद्यालयको चारकोठे भवन निर्माण हुन लागेको हो । विद्यालयको भवनको निर्माण रााष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्यन एकाई शिक्षाले लिएको छ । पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर रामशरण महत र जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङको विशेष पहलमा विद्यालयमा भवन निर्माण हुन लागेको हो ।

भवन शिलान्यास कार्यक्रममा जिसस प्रमुख तामाङले जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमै नवसञ्जीवनी माध्यामिक विद्यालय उत्कृष्ठ भएको भन्दै खुशी व्यत्त गरे । उनले गाउँपालिकाका सबै निजि विद्यालयलाई परास्त गरेर विद्यालयले अभिभावकको मन जित्न सफल भएको बताए । तामाङले पछिल्लो समय विद्यालयरुले खेतका फाँटमा भवन बनाउने गरेको भन्दै नजसंजीवनीले विद्यालयले डाँडामा भवन निर्माण गरेर जिल्लामै नमुना पेश गरेको धारणा व्यत्त गरे । यसबाट अन्य विद्यालयले पसिन सिक्नुपर्ने तामाङले बताए ।

Advertisement

कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख सिता पराजुलीले आगामी आर्थिक वर्षबाट विद्यालयका शिक्षकहरुलाई अनिवार्य रुपमा पोषाक भत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यत्त गरिन । त्यस्तै विद्यालयका प्रध्यानाअध्यापक रामेश्वर मिश्रले २०७२ सालको भुकम्पले तहसनहस भएको विद्यालयको भवन रुम टु रिडले बनाएको भएपनि त्यसले विद्यार्थी धान्न नसकेकोले पुन रााष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला कार्यान्यन एकाई शिक्षाको सहयोगमा पुन चारकोठे भवन निर्माण गर्न लागेको बताए । त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद मिश्रले आफुले नियमति रुपमा विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा ध्यान दिएको भन्दै आगामी दिनमा विद्यालयको लागि मैदान र सभाहल बनाउने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर ३ का महासचिव रामजी पौडेलले विद्यालयको शैक्षिक वातावरण उत्कृष्ट बनाउन सबैले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए । विद्यालयको भवन निर्माण आगामी माघसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विद्यालय परिषरमा निर्माण भएको मन्दिर र शौचालय भने एभरेष्ट बैक लिमिटेडले आफ्नो सामुदायिक उत्तरदायित्व अन्र्तरगत निर्माण गरिदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिश्रले जानकारी दिए । शौचालय र मन्दिरको लागि १२ लाख रुपैयाँ रहेको छ । कार्यक्रममा सेड नेपाललका अध्यक्ष पुरुषोतम खड्का,पुर्व विद्यार्थी उपेन्द्र मिश्र, समाजसेवी रामशरण श्रेष्ठ,पुर्व गाविस सचिव माधव खनाल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया