साविक विजेता पुलिसलाई हराउँदै घरेलु टोली नुवाकोट ११ फाईनलमा

विदुर खबर २०७६ जेठ २८ गते १३:३५

नुवाकोट जेठ २८, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत केही वेरअघि सम्पन्न खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै घरेलु टोली नुवाकोट ११ फाइनल प्रवेश गरेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा सम्पन्न खेलमा साविक विजेता पुलिसलाई नुवाकोटले स्तब्ध पारेको हो । नुवाकोटको लागि पहिलो हाफको ४० औ अफ्रिकी खेलाडी रोमियोले गरेको गोल नै खेलमा जितको लागि प¥र्याप्त बन्यो । यसअघि पहिलो हाफको २० औ मिनेटमा पुलिसको प्रहार वारमा लागेर फर्किएको थियो भने नुवाकोट ११ को प्रहार पनि ३६ औ मिनेटमा वारमा लागेर नै फर्किएको थियो ।

निकै सुस्त खेले खेलेको पुदिसले पाएको अवसर सदुपयोग गर्न नसक्दा सेमिफाइनलमा नै रोकिएको हो । खेलको म्यान अफ दी म्याच नुवाकोट ११ का भिक्टो घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । प्रतियोगिताको फाइनल प्रवेश गरेको नुवाकोट ११ ले उपाधिको लागि शुक्रवार संकटा र च्यासल युथबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्र्तगत बिहिबार दोस्रो सेमिफाइनलमा संकटा र च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

Advertisement

नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयुत्त आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन । प्रतियोगिता आगामी ३१ गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया