नुवाकोट गोल्डकप : फाइनल प्रवेशको लागि घरेलु टोली नुवाकोट ११ र नेपाल पुलिस भिड्दै

विदुर खबर २०७६ जेठ २८ गते २:५७

नुवाकोट जेठ २८, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत फाईनल प्रवेशको लागि आज घरेलु टोली नुवाकोट ११ र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब भिड्दै छन ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको बट्टारको खेल मैदानमा दिउँसो ५ बजेपछि हुने खेलमा दुबै टिम फाइनल पुग्ने लक्ष्य लिएर मैदानमा उत्रनेछन । घरेलु टोली नुवाकोेट ११ ले प्रिक्वाटरफाइनलमा दिपशिखा युवा समुह काठमाण्डौलाई ५–० गोल अन्तरले पराजित गरेको थियो भने क्वाटरफाइनलमा विजय युथ हेटौडालाई २–१ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यता डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले भने क्वाटरफाईनलमा सशस्त्र प्रहरीको एपिएफलाई ३–२ गोल अन्तरले पराजित गर्दै घरेलु टोली नुवाकोट ११ सँग भेट पक्का गरेको हो । प्रतियोगिताको लागि अधिकांश थ्रिस्टार क्लबको खेलाडी मैदानमा उतारेको घरेलु टोली नुवाकोट ११ पुलिसलाई पाखा लगाउँदै उपाधि नजिक पुग्न चाहान्छ भने पुलिस घरेलु टोलीलाई हराउँदै पुन उपाधिको कब्जा गर्ने दाउमा हुनेछ ।

Advertisement

नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन । प्रतियोगिता आगामी ३१ गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया